सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

जनताले उपचार नपाउने तर सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

जनताले उपचार नपाउने तर सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

images
  • मंगलवार, कार्तिक ४ २०७७

  • 2.3K
    SHARES

  • जनताले उपचार नपाउने तर  सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

    जनताको उपचार नगर्ने सरकारले संघीय सांसदको उपचार खर्च भने २०० प्रतिशतले बढाएको भेटिएको छ । गत आर्थिक वर्ष ७६/७७ को पहिलो तीन महिना साउन देखि असोजसम्ममा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार खर्च लिएका थिए ।

    तर चालु आवको पहिलो तीन महिनामा २० जनाले १२ लाख २६ हजार ८८ रुपैयाँ लिएको पाइएको छ । संसद सचिवालयले सांसदहरुलाई सरकारी अस्पतालमा उपचार गराए पुरै र निजी अस्पतालमा गराए आधा रकम मात्र भुक्तानी दिने मापदण्ड बनाएको छ ।

    सांसदले बिल पेश गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संसद सचिवालयकै अधिकारीहरू रहेको चिकित्सक बोर्डको निर्णय, संसद सचिवालयका महासचिव र सचिवस्तरीय स्वीकृतिबाट भुक्तानी दिने गरिन्छ । सरकारले सर्वधारणको कोरोना उपचार खर्च नब्यहोर्ने निर्णय गरेपनि सांसद-मन्त्रीहरूले सरकारी ढुकुटीबाटै कोरोना उपचार गराउँदै आएका छन् ।

    संसद सचिवालयका अनुसार हालसम्म १९ सांसदलाई कोरोना संक्रमण भएको छ । यो गत वर्षको तुलनामा २०० प्रतिशत बढी हो । अझ यो तथ्याङ्कमा भने कोरोना संक्रमित सांसदको उपचार खर्च जोडिएको छैन ।

    उपचार खर्च सांसदहरु

    Medicine.jpg

    मंगलवार, कार्तिक ४ २०७७०९:१८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology