बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

नेपालमा कोरोना भ्याक्सिनको परिक्षणलाई स्वीकृति

नेपालमा कोरोना भ्याक्सिनको परिक्षणलाई स्वीकृति

images
  • सोमवार, भाद्र ८ २०७७

  • 2.1K
    SHARES

  • नेपालमा कोरोना  भ्याक्सिनको  परिक्षणलाई स्वीकृति

    कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल (परीक्षण) गर्ने भएको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो।

    नेपालमा कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने २ वटा औषधिको परीक्षण भइरहेको छ । कोरोनाको २ वटा औषधि परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वार गौतमले जानकारी दिएका छन ।सरकारले नेपालमा कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण पनि गर्ने तयारी गरेको छ । यसका लागि सरकारले तयारी गरिरहेको र आवश्यक प्रक्रियामा लागेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको बताइएको छ ।ट्रायलमा नेपाली नागरिकलाई समावेश गराउने वा नगराउने विषय भने अहिलेसम्म टुंगो लागेको छैन । परिषद्ले आइतबारदेखि नै यसबारे चिनियाँ पक्षसँग छलफल शुरु गरेको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार यस्तो जानकारी दिएका हुन् ।

    अहिले नेपालमा रेम्डेसिभिर र कन्ब्यालेसेन्ट प्लाज्माको परीक्षण प्रयोग भइरहेको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदको गाइडलाइन अनुसार स्वतस्फुर्त रुपममा औषधीको परीक्षण तथा अनुसन्धानमा आउन चाहने कम्पनीहरुको लागि यो प्रयोग भइरहेको प्रवक्ता डा. गौतमले बताएका छन । यी औषधिहरु नेपालमा परीक्षण प्रयोग भइरहेको अवस्थामा केही भ्रमहरु सृजना भएको भन्दै कोही कसैले पनि भ्रमको खेती नगर्न उनले आग्रहसमेत गरेका छन्।

     

    सोमवार, भाद्र ८ २०७७०७:४७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology