सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

बन्दीपुरमा बन्यो ‘पहाडकी रानी’ मिनी ग्रेटवाल

बन्दीपुरमा बन्यो ‘पहाडकी रानी’ मिनी ग्रेटवाल

images
  • बिहिवार, कार्तिक १३ २०७७

  • 2.3K
    SHARES

  • बन्दीपुरमा बन्यो ‘पहाडकी रानी’ मिनी ग्रेटवाल

    तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनी ग्रेटवाल निर्माण गरिएको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने निर्माण भैरहेको छ । अहिलेसम्म ७० लाख रुपैयाँ खर्च भैसकेको छ भने यो मिनी ग्रेटवाल बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको छ र मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ ।

    प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण 'पहाडकी रानी' उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गाउँपालिकाले लिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो ।

    पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । यो एक हजार एक सय मिटर लामो हुने छ भने निर्माण अन्तिम चरणमा पुगेको बन्दीपुर गाउँपालिकाले जनाएको छ । उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर पार गरेपछि बन्दिपुर पुगिन्छ ।

    यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरी देखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । बन्दीपुर प्याराग्लाइडिङको लागि पनि प्रख्यात ठाउँ हो ।

    बिहिवार, कार्तिक १३ २०७७०२:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology