सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

नेपालको सार्वभौम अखण्डतामा धावा बोल्नेलाई मानार्थ सेनापति किन दिने ?

नेपालको सार्वभौम अखण्डतामा धावा बोल्नेलाई मानार्थ सेनापति किन दिने ?

images
  • शनिवार, कार्तिक १५ २०७७

  • 4.6K
    SHARES

  • नेपालको सार्वभौम अखण्डतामा धावा  बोल्नेलाई मानार्थ सेनापति किन  दिने ?

    यहि कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक केहि दिन अघि गरेको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने छ । तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनलाई विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    तर के नेपालको सार्वभौम अखण्डतामा धावा बोल्नेलाई मानार्थ सेनापति दिन मिल्छ त ? नेपालले आफ्नो भुमि समेटेर नयाँ नक्सा जारी गर्दा नेपालबिरुद्द बोल्ने उनी कसरी मानार्थ सेनापति हुन् सक्छन ? उनलाई किन दिने मानार्थ ? हो यसको जवाफ या त सरकारले या त सेनाले नदिए पनि अब समय र परिस्थितिले मागेको छ । उनले राजनीतिक र कुटनीतिक मर्यादा समेत नाघेर नेपालको सीमा र सार्वभौमिकताबिरुद्ध अभिव्यक्ति दिएका थिए । आज त्यहि व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ कि अपमान ? अब हामीले पुरानो ढर्राबाट हेर्ने दिन सकिएको छ भने नयाँ कोणबाट हेर्नुपर्ने दिनको सुरुवात गर्ने बेला आएको छ । अब हामीले भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्नुपर्ने बेला आएको छ भने कालापानीबाट भारतीय सेना फिर्ता गर्न आबस्यक छ ।

    बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा पनि भारतीय सेनाको असन्तुष्टि थियो । त्यो सैन्य अभ्यास पुनेमा सम्पन्न भएको छ । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय पनि लिएको थियो । त्यहि समापन कार्यक्रमपछि बोल्दै भारतीय सेनापति विपीन रावतले नेपालमाथि कटाक्ष गरेका थिए । आज त्यो दिन पनि सम्झानुपर्नेछ , भारतको नेपाललाई हेर्ने नीति के हो ? उनलाई मानार्थ सेनापति किन दिने त्यो एक पटक आम नेपालीले सोध्नुपर्ने बेला आएको छ । नेपालले चीनसँग झुकाव राख्न खोजेको आशयसहित त्यसबेला सेनापति रावतले भनेका थिए , भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्छ । जहाँसम्म चीनसँगको निकटताको कुरा छ, यो अस्थायी हो । पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिएर उनले नेपालको अपमान गरेका थिए ।

    भारतीय सेना नेपालमा आफ्नो हेपाहा प्रबृति पटक-पटक देखाइरहँदा अब उसले मानार्थ सेनापति पाउने हैसियत पनि गुमाइसकेको हुनाले यो परम्परा तोड्नुपर्ने बेला आएको छ । उसले पटक-पटक नेपालमाथि शक्तिको धाक लगाउने गर्दछ तर नेपाललाई दबाउन खोज्ने भारत भने चीनको सामु सधैं लाचार बन्दै आइरहेको छ ।अब नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपालीहरु एकजुट हुनुपर्ने बेला आएको छ। भारतीय अतिक्रमणमा परेको हाम्रो भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र दुवै देशले वार्ता गरेर तद्काल समधान गर्न सक्नुपर्छ ।

    सन् १९६२ मा चीनसँग भारतको युद्ध हुँदा कालापानीमा तद्कालिन राजा महेन्द्रसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो, तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा नै बनाउँदा अहिले अवस्था जटिल भएको हो तर कालापानी नेपालको हिस्सा हो । कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच रहेको पुरानो विवाद अब दुवै देशका सरकारले वार्तामा बसेर यसको समाधान गर्नुपर्छ । नेपालको जमिन भारतले लिन पाउदैन र उसले नेपाली भुमि यथाशीघ्र फिर्ता गर्नुपर्छ। भारतले सधैँ यस्तो व्यवहार गरिरहे अब मानार्थ सेनापति पनि यहि अन्तिम हुन् सक्छ । त्यसैले भारतीय सेनापतिले नेपालको मानार्थ सेनापतिको दर्जा पाउन नेपालको सार्वभौम अखण्डताको सम्मान गर्न सक्नुपर्छ ।

    ( राजन गौतम नेकपा नुवाकोटका जिल्ला सचिवालय सदस्य हुन् भने युवा संगठनका केन्द्रिय सदस्य समेत रहेका छन् । )

    शनिवार, कार्तिक १५ २०७७०७:४७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology