शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिए

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिए

images
  • आइतवार, कार्तिक १६ २०७७

  • 1.9K
    SHARES

  • बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिए

    बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शनिबार आफ्ना प्रेमी गौतम किचलुसँग बिबाह गरेकी हुन् । उनीहरुले मुम्बइको एक होटलमा बिहे गरेका थिए । बिहेपछि काजल आफैले सामाजिक संजालमा बैबाहिक समारोहका तस्वीर शेयर गरिरहेकी छिन् ।

    बिहेमा काजलले ब्राइड रेड लेहेंगा लगाएकी थिइन् । बिहे भन्दा अगाडि संगीत सेरेमोनीको आयोजना गरिएको थियो, जहाँ काजलसँग गौतमका साथीहरुले नृत्य प्रस्तुत गरेका थिए । बिहेपछि गौतम र काजल मुम्बइमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् ।

    कोभिड संक्रमणको दर बढिरहेका कारण पनि काजलले बैबाहिक समारोहमा सिमित मानिसहरुलाई मात्र निमन्त्रणा गरेकी थिइन् । साउथ चलचित्रकी सफल नायिका काजलले चलचित्र ‘सिंघम’मा नायक अजय देवगणसँग काम गरेपछि उनको चर्चा बलिउडमा पनि सुरु भएको थियो ।

     

    आइतवार, कार्तिक १६ २०७७११:०९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology