शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

र्‍यापर भिटेन अदालतमा

र्‍यापर भिटेन अदालतमा

images
  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.2K
    SHARES

  • र्‍यापर भिटेन अदालतमा

    काठमाडौँ । गीतका शब्दमाथि आपत्ति जनाउँदै प्रहरीले खोजी थालेपछि गायक समिर घिसिङ (भिटेन) आफै अदालत उपस्थित भएका छन् ।

    र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेन प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका हुन् । उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।

    प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा भिटेनले निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाई सकिएको प्रवक्ता रेग्मीले बताउँदै भने, ‘यतिबेला आदेशको पर्खाइमा छौँ ।’

    केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो । तर, भिटेनले सार्वजनिक रुपमा माफी माग्दै गीत परिमार्जन गर्ने बताइसकेका छन् ।

    मंगलवार, कार्तिक १८ २०७७०४:०७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology