शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

गरिब र निम्न आय भएकाको आशाको केन्द्र बन्दै लामिछाने प्रतिष्ठान

गरिब र निम्न आय भएकाको आशाको केन्द्र बन्दै लामिछाने प्रतिष्ठान

images
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.1K
    SHARES

  • गरिब र निम्न आय भएकाको आशाको केन्द्र बन्दै लामिछाने प्रतिष्ठान

    नेपालमा कोरोनाका कारण आर्थिक अवस्था कमजोर हुनेहरु अहिलेसम्मको अबस्थामा बाच्न नसक्ने अबस्थामा पुगेका छन् । निम्न आय भएकाहरु बिशेष गरि बढी प्रभावित बनेका छन् । दैनिक काम गरि हात मुख जोड्नेहरुको लागि कोरोना यमराज नै साबित हुन् पुगेको छ । केहि सस्था र मनकारी मानिसहरु यो महामारीमा आ-आफ्नो गक्ष अनुसार सहयोग गरिरहेका छन् ।

    121616389_3556329651092493_8764873577028464972_n.jpg

    त्यस्तै नुवाकोटको तादी गाउँपालिका खरानिटारमा रहेको भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानले कोरोनाबाट आफ्नो रोजगार गुमाएका तथा आर्थिक अवस्था कमजोर भएकाहरुको लागि राहत वितरण गर्दै आएको छ । अहिलेसम्म करिव ७ सय परिवारलाई यो प्रतिष्ठानले राहत वितरण गरिसकेको छ । यो प्रतिष्ठान बी.स.२०६९ सालमा स्थापना गरिएको थियो ।

    37570598_2162064507363871_7157712175883091968_n.jpg

    भरतप्रसाद लामीछाने समाजसेवी एबं शिक्षक थिए । लामो समय समाजसेवा र शिक्षण पेशामा बिताएका लामिछाने राजनीतिमा समेत सकृय थिए । उनको समाजसेवा यात्रालाई निरन्तरता दिन उनको नाम प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद लामिछानेले न्युज बिहानीलाई बताए । यो प्रतिष्ठान आर्थिक अवस्था कमजोर भएकाहरुको लागि साहारा बन्दै आएको छ । शिक्षाको ज्योति नपुगेको दुर दराजमा समेत यसले सहयोग पुर्याइरहेको छ । शिक्षाको ज्योतिबाट बन्चित भएका बच्चाहरुको अभिभावक भएर उनीहरुलाई आफ्नो सुनौलो भविष्य निर्माण गर्न मद्दत गरिरहेको छ ।

    117647924_3355084421217018_6794787726259145329_n.jpg

    अहिलेसम्म यो प्रतिष्ठानले करिव १५ जनाभन्दा बढीलाई १२ कक्षासम्म निशुल्क अध्ययन गराइसकेको छ भने १० जना भन्दा बढी बिद्यार्थी बोर्डिङ्ग स्कुलमा अध्ययनरत छन् । यसले अहिलेसम्म १ हजार भन्दा धेरै जनालाई उपचारार्थ आर्थिक सहयोग गरिसकेको छ भने कतिपय ठाउँमा स्वास्थ्य शिविर समेत संचालन गरिसकेको छ । यस प्रतिष्ठानले बाढी पहिरो पिडित , दुर्घटना र आगलागीमा परेकाहरुको समेत सहयोग गरिरहेको अध्यक्ष लामिछानेले बताए ।

    117717703_3355084217883705_1599377392128055893_n.jpg

    बि.स.२०७२ बैशाख १२ गते गएको विनासकारी महा-भूकम्पको समयमा समेत यस प्रतिष्ठानले राहत वितरण गरेको थियो भने करिव ३ सय परिवारले राहत पाएका थिए । यो प्रतिष्ठानले बार्षिक ३ पटक बिभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ भने प्रत्येक बर्षको माघ १४ गते स्मृति सभा आयोजना गर्ने गर्दछ।

    118578187_3392339300824863_2696414868891500661_n.jpg

    यो प्रतिष्ठानले बृद्द-बृद्दाहरुलाई सम्मान गर्नुका साथै अन्य सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेको छ । यो प्रतिष्ठानले बिभिन्न सस्थाहरुसंग सहकार्य गरि देशमा आपत-बिपत पर्दा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग तथा आबस्यक राहत समेत वितरण गर्दै आएको छ ।

    121681326_3556329517759173_3204981503945891765_n.jpg

    बुधवार, कार्तिक १९ २०७७०७:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology