सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

यो साता विदेशमा रहेका थप ५४४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

यो साता विदेशमा रहेका थप ५४४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

images
  • आइतवार, कार्तिक २३ २०७७

  • 1.4K
    SHARES

  • यो साता विदेशमा रहेका थप ५४४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

    कात्तिक २३, काठमाडौं । यो साता विदेशमा रहेका ५४४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको हो ।

    समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार, विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

    आइतवार, कार्तिक २३ २०७७०१:३७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology