शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

चलचित्र क्षेत्रमा स्थापित बन्दै सुवास देवकोटा

चलचित्र क्षेत्रमा स्थापित बन्दै सुवास देवकोटा

images
  • सोमवार, कार्तिक २४ २०७७

  • 1.2K
    SHARES

  • चलचित्र क्षेत्रमा स्थापित बन्दै सुवास देवकोटा

    चलचित्र क्षेत्रमा जति छिटो पर्दामा देखिने कलाकार स्थापित हुन्छन् तर पर्दा पछाडी काम गर्ने पात्रहरु स्थापित हुन र दर्शक सामु चीरपरिचित हुन त्यत्तिनै गाह्रो पर्छ । नायक नायिका अन्य कलाकार निर्देशक निर्माता छिटो निचिन्छन्, समग्र चलचित्र हिट हुन्छ सबैले वाहा वाहा पाउछन् । तर जसको कडा मेहनत र सिपमा सुन्दर प्रदर्शन गर्ने सम्पादनको भूमिका बिशेष हुन्छ उसलाई प्राय झट्ट चिन्न सक्दैनन् । जो पर्दा पछाडीका नायक हुन् ।

    त्यस्तै एउटा पात्र हुन् सुबास देबकोटा । पाल्पा जिल्ला जल्पा गा बि स वडा नं ९ हाल, पर्वखोला गाँउपालिका वडा नं २ मा बाबा भिमराज देवकोटा र आमा योग माया देवकोटाको पहिलो सन्तान हुन् सुबास देवकोटा । आफुलाई चलचित्र जगतमा स्थापित गराउन, धेरै कडा मेहनत र परिश्रम गरेका छन् उनले । सम्पादन सिक्न भारत सम्म पुगे भारतमा सम्पादन सिकेर त्यहि बलिउड चलचित्रका सम्पादन संग सहकार्य गर्दै, ६ बर्षको मुम्बई बसाई पछि देवकोटा नेपाल आए ।
    आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने सोचमा नेपाली चलचित्रमा काम गर्न शुरु गरे । जय पशुराम, सुब्बा साहेब, सरकार, द कमाण्डर लगायतका ६० चलचित्र र १०० भन्दा बढी म्यूजिक भिडियो सम्पादन गरिसकेका, देवकोटा भोलिका दिनमा आफुलाई डाईरेक्टरका रुपमा स्थापित गर्ने सोचमा छन् ।

    सोमवार, कार्तिक २४ २०७७१२:००:५५

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology