शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images
स्वार्थको खेल

प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्टमाथि सांसद बस्नेतको तगारो, आफु अनुकुल नभएको भन्दै भत्काउने खेल

प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्टमाथि सांसद बस्नेतको तगारो, आफु अनुकुल नभएको भन्दै भत्काउने खेल

images
  • मंगलवार, कार्तिक २५ २०७७

  • 7.4K
    SHARES

  • प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्टमाथि सांसद बस्नेतको तगारो, आफु अनुकुल नभएको भन्दै भत्काउने खेल

    नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको पनि अहिले करिव २० बर्ष भैसक्यो । उनले पहिलोपटक भारतको मेदान्त अस्पतालमा मृगौला प्रत्यारोपण गराएका थिए भने दोश्रो पटकको नेपालमै त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालमा मृगौला रोगि दिनानुदिन बढ्दै गएको भन्दै यसको उपचार सहज बनाउने उद्देश्यले नेपालमा नै अर्को सरकारी अस्पताल बनाउने निर्णय गर्दै आबस्यक प्रक्रिया अगाडी बनाउन निर्देशन दिएपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निर्माण प्रक्रिया शुरु भएको थियो । प्रधानमन्त्री ओली आफु जस्तै पिडित अरु पनि धेरै रहेकाले उनले अरुको पनि बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न अस्पताल निर्माण गर्ने निर्णयमा पुगेका थिए ।

    तर उक्त अस्पताल बनाउने प्रक्रिया सुरु नहुँदै भू-माफियाको चलखेल सुरु हुन् थाल्यो । उक्त अस्पताल आफ्नो अनुकुल र आफ्नै क्षेत्रमा बनाउने भन्दै भक्तपुर क्षेत्र न. २ का सांसद महेश बस्नेत समेत सकृय हुन् थाले । प्रधानमन्त्री ओली निकट मानिने बस्नेतले स्वयम् प्रधानमन्त्रीले देखेको सपना अहिले आफु अनुकुल नभएको भन्दै रोक्न खोजेको श्रोतले न्युज बिहानीलाई बतायो । उक्त अस्पताल आफ्नो क्षेत्रमा नबन्ने निश्चित भएपछी उनले भक्तपुरमा नै बन्न नदिने खेल खेलिरहेको बुझिएको छ । मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. प्रकाशचन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिका वडा न. ७ स्थित बागेश्वरीको ६४ रोपनी प्रति जग्गा माग गरेका थिए भने सो जग्गा माग बमोजिम चाँगुनारायणले निर्णय गरि २०७५ साल साउन २५ गते नै दिएको थियो । सांसद बस्नेतले आफ्नो घर अगाडी आफ्नो क्षेत्रमा पर्ने गणेशमान बाटिका कटुन्जेमा अस्पताल निर्माण गर्न सिफारिस गरेका थिए ।

    तर उनले भनेको जग्गा भौगोलिक रुपमा उपयुक्त नभएको भन्दै डा.श्रेष्ठले मानेनन् । आफुले भनेको नमानेको भन्दै सांसद बस्नेतले उनको सरुवा गरिदिए । उनको सरुवा गरिएपछि उनको ठाउँमा डा.प्रेम ज्ञवाली आएका थिए । डा.ज्ञवालीले बस्नेतले भने बमोजिम कटुन्जेमा अस्पताल बनाउन धेरै प्रयत्न गरे । तर त्यो ठाउँ नेपाली राजनीतिका प्रतिष्ठित व्यक्तित्व नेपाली कांग्रेसका नेता गणेशमान सिंहको नाममा बाटिका रहेको भन्दै कांग्रेसले चर्को बिरोध गरेको थियो भने उक्त क्षेत्र राष्ट्रिय बन क्षेत्र समेत परेपछि उनी पछि हटेको श्रोतले बतायो । प्रधानमन्त्री केपी ओलीले बिरोध भएको थाहा पाएपछि विवादरहित अर्को उपयुक्त जग्गा खोज्न डा.ज्ञवालीलाई निर्देशन दिएपछि भक्तपुरको सम्भावित ठाउंहरुको निरीक्षण गर्दा चाँगुनारायण नगरपालिका वडा न.३ स्थित झौखेलको ३१ रोपनी पर्ती जग्गा उपयुक्त ठहर गर्दै अस्पतालले चाँगुनारायणसँग असोज २१ गते जग्गा माग गरेको थियो ।

    27625248_1390629684371253_3660869040624700395_o.jpg

    अस्पतालको माग बमोजिम चाँगुनारायणले असोज २५ गते उत्त जग्गा कुनै पुरातात्विक, धार्मिक एबं बन क्षेत्रमा समेत नपर्ने र सरकारको स्वामित्वमा रहेको सार्वजनिक पर्ती जग्गा रहेको हुनाले अस्पतालको लागि उपयुक्त रहेको भनि सिफारिस गरेको थियो । सो को आधारमा जिल्ला सरकारी जग्गा समिति ( सिडियो अध्यक्ष र मालपोत,भूमि सुधार तथा नापी आदि सहित )गठन भएको थियो भने सो समितिले नियमानुसार विधिवत निर्णय गरि भूमिसुधार मन्त्रालयमा पठाएको थियो । तर कटुन्जेसहित आसपासमा जग्गा ब्यापार गर्ने भू-माफियाको जालोमा सांसद बस्नेत परेपछि उनले चाँगुनारायणमा कुनै हालतमा बन्न नदिने र आफुले भनेको आफ्नो क्षेत्रमा पर्ने गणेशमान बाटिका कटुन्जेमा अस्पताल निर्माण नभएपछी अहिले उनको दवावमा उक्त अस्पताल निर्माण प्रक्रियाको फाइल रोकिएका छन् ।

    सांसद बस्नेत र भूमिसुधार सचिवको मिलेमत्तोमा मन्त्री पदमा अर्याललाई समेत आफ्नो पक्षमा पारी फाइल अगाडी बढाउन रोकिएको श्रोतले न्युज बिहानीलाई बताएको छ । प्रधानमन्त्री ओलीले अस्पताल निर्माणको फाइल पटक-पटक मगाएको भएपनि अहिलेसम्म फाइल अघि नबढाएको श्रोत बताउँछ । अहिले सांसद बस्नेत आफुले भनेको ठाउँमा अस्पताल नबने कुनै हालतमा चाँगुनारायण नगरपालिका वडा न.३ मा अस्पताल बन्न नदिने र आफ्नो क्षेत्रमा नबने बरु अस्पताल नै भक्तपुरमा बन्न  नदिने खेलमा लागेका छन् ,श्रोतले भन्यो ।

    मंगलवार, कार्तिक २५ २०७७०६:५७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology