शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

images
  • बुधवार, कार्तिक २६ २०७७

  • 1.1K
    SHARES

  • कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

    काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् ।

    राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिएका छन ।

    विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

    टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।

     

    बुधवार, कार्तिक २६ २०७७०२:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology