सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

आज काग तिहार, धनतेरस पर्व पनि आजै मनाईंदै

आज काग तिहार, धनतेरस पर्व पनि आजै मनाईंदै

images
  • शुक्रवार, कार्तिक २८ २०७७

  • 1.2K
    SHARES

  • आज काग तिहार, धनतेरस पर्व पनि आजै मनाईंदै

    काठमाडौं, २८ कात्तिक । हिन्दु नेपालीहरुले मनाउने दशैंपछिको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको आज दोस्रो दिन काग तिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक बिहीबारदेखि नै शुरु भएको हो।
     
    यस वर्ष तिथिको घटबढका कारण हिजो साँझ कार्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो। जसअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदै छ। यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन् छ।

    बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज काग तिहार मनाइने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिएका छन।

    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आज कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने धार्मिक मान्यता रहेको छ।

    काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ। कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने धार्मिक प्रचलन छ।

    काग तिहारको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।

    त्यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आजै मनाईंदैछ । आजको दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

    शुक्रवार, कार्तिक २८ २०७७१०:०९:२४

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology