सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

मङ्सिर महिनामा यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

मङ्सिर महिनामा यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

images
  • सोमवार, मंसिर १ २०७७

  • 81.6K
    SHARES

  • मङ्सिर महिनामा  यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो महिनामा सूर्यले तपाईको राशिबाट आठौ स्थानको भ्रमण गर्नेछ, यस समयमा शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । प्रेमी/ प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । खर्चिलो यात्रा रहनेछ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारीसकेको ठाउँबाट धन हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना/ स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो महिनामा सूर्यले तपाईको राशिबाट सातौं स्थानको भ्रमण गर्नाले भाग्योदय हुने योग छ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । २० गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मंसिर महिना शुभ फलदायी नै रहनेछ । शुभ कार्यको योग छ । कर्म प्राप्तिको योग देखिन्छ सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ, यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण/ दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यो महिना सकारात्मक महिना रहेको छ । सूर्यले तपाईको राशिबाट पाँचौं स्थानको भ्रमण गर्नाले आर्थिक लाभ मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो महिनामा विशेषगरी नयाँ कार्यको प्रारम्भ हुनेछ । नयाँ कार्य प्राप्तिका साथै सरुवा र बडुवाको योग छ । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घर ,जग्गा खरिद बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : कन्या राशी हुनेहरूकालागि मंसिर महिनामा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हातपर्ने योगछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग रातो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : यो महिना समान्य नै देखिन्छ, मिहीनेत अनुसार प्रतिफल राम्रै पाईनेछ । तर आफ्नो प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । १३ गतेबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यो महिनामा विपक्षी वर्गबाट सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोश–जाँगर र हिम्मत बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शत्रु पक्ष निर्बल हुनेछन् । नयाँ ठाउँमा घुम्ने योजनापनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हल्का रातो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : यो महिनामा सूर्यले तपाईको राशिबाट बाह्रौ स्थानको भ्रमण गर्नाले खर्चको मात्रा बढ्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । महिनाको उत्तरार्धबाट ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । साथी भाईको सहयोग पाईनेछ । रमाईलो यात्रा र भेटघाटले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

    मकर

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :मंसिर महिनामा कार्य शिद्धिको योग छ । परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि संतान प्राप्तिको योग छ । इच्छाएको काम पूर्ण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ, तर छोटा पटकको भय रहेको हुनाले वाहन चलाउँदा या बाटो हिड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि किनमेल हुने र खर्च बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : यो महिनामा घर परिवार, इष्टमित्र एवं साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । धार्मिक यात्रामा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । विपक्षीहरूले रिस गरे पनि बिगार गर्न सक्ने छैनन् । मान–सम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यूरङ्ग वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : मीन राशिलाई यस महिनामा दुख: कष्ट बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल सुनसक्छ । चोटपटकको भायपनि रहनेछ । १५ गतेबाट दैनिक कार्यमा प्रगती हुँदै जानेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    सोमवार, मंसिर १ २०७७१०:१९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology