आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

हवाई प्रतिवन्ध फुकुवा : ८ देशको अन्तर्राष्ट्रिय उडान अब नियमित,५ देशमा चार्टर्ड फ्लाइट हुने

हवाई प्रतिवन्ध फुकुवा : ८ देशको अन्तर्राष्ट्रिय उडान अब नियमित,५ देशमा चार्टर्ड फ्लाइट हुने

  • बुधवार, भाद्र १० २०७७

  • 2.7K
    SHARES

  • हवाई प्रतिवन्ध फुकुवा  : ८ देशको अन्तर्राष्ट्रिय उडान अब नियमित,५ देशमा चार्टर्ड फ्लाइट हुने

    बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई उडान अब सुचारु हुने भएको छ । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारमा नियमित उडान हुने भएको छ । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध ८ वटा देशका हकमा भने  फुकुवा गरेको हो  ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो ।१ सेप्टेबरपछि चार्टर्ड उडानमा भने स्वदेशी वायुसेवा कम्पनीबाटै उडान हुने भएको छ । सरकारले स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ भने नेपाल एयरलाइन्सले  १७ र हिमालयले  १२ उडान भर्नेछन् ।

    विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको अनुमति पाएको  छ । यो तालिका भने १ सेप्टेबरबाट लागु भई एक महिनासम्म कायम रहनेछ । त्यसपछि आवश्यकता र परिस्थिति अनुसार निर्णय हुनेछ। सरकारले अहिले पिसिआर परीक्षण सहज हुने देशलाई मात्र छानेको छ तर यी देशबाट पर्यटक र गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् ।

    नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि सरकारी आमन्त्रणमा आउने व्यक्तिले मात्र नेपाल प्रवेशको अनुमति पाउनेछन् । सरकारले अनअराइभल भिसा बन्द गरेका कारण सबै व्यक्तिले नेपाल आउनका लागि सम्बन्धित मुलुकको दूतावासबाटै भिसा लिनुपर्ने गरी उडान तालीका तय भएको हो ।

    सम्बन्धित मुलुकले आफै पठाउने उडानको हकमा मात्र विदेशी कम्पनीले अनुमति पाएका छन् । सरकारले पिसिआर परीक्षण सम्भव नहुने मुलुकबाट आउने नेपाली नागरिकलाई लक्षित गर्दै आगामी एक महिनाका लागि चार्टर्ड उडानको अनुमति दिएको हो ।

    मन्त्रालयको तथ्यांक अनुसार सेप्टेम्बरमा  कुल २७ वटा चार्टर्ड उडान हुनेछन् । ती मुलुकमा तत्काल नियमित हवाई उडान भने हुने छैन । सरकारले सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड फ्लाइटका लागि उडान तोकेको हो ।

    बुधवार, भाद्र १० २०७७०७:१५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology