सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओलीले प्रतिबेदनको जवाफ दिने

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओलीले प्रतिबेदनको जवाफ दिने

images
  • बुधवार, मंसिर ३ २०७७

  • 1.6K
    SHARES

  • बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओलीले प्रतिबेदनको  जवाफ दिने

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् ।

    शुक्रबारको बैठकमा पेश अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी गरेका छन । तर, त्यसका लागि केही दिनको समय माग्ने तयारी ओलिको  रहेको जनाइएको छ । स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।

    ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने बताएपनि उनी छलफल र भेटवार्तापछि छलफलमा बस्न तयार भएका छन् भने जवाफ समेत दिन तयार भएको जनाइएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओली पनि अन्ततः बैठकमा सहभागी भएका हुन् ।

    बुधवार, मंसिर ३ २०७७०१:४९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology