सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

१० दिनपछि बस्नेगरी नेकपा सचिवालय बैठक सकियो

१० दिनपछि बस्नेगरी नेकपा सचिवालय बैठक सकियो

images
  • बुधवार, मंसिर ३ २०७७

  • 1.4K
    SHARES

  • १० दिनपछि बस्नेगरी नेकपा सचिवालय बैठक सकियो

    काठमाडौं, ३ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ । कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो।

    पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने बताएपछि नेकपा सचिवालय बैठक १३ गते बस्नेगरी स्थगित भएको जानकारी दिएका छन ।

    १३ गते बस्ने बैठकमा ओलीले अर्को प्रस्ताव पेश गर्नेछन् । केन्द्रीय समितिको पूर्वनिर्धारित बैठक मंसिर १५ बाट सारेर २५ गतेका लागि लगिएको छ ।

    १८ गतेलाई स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।

    कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ।

    बुधवार, मंसिर ३ २०७७०२:५९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology