सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

नेप्से परिसूचक दोहारो अंकले बृद्धि

नेप्से परिसूचक दोहारो अंकले बृद्धि

images
  • बुधवार, मंसिर ३ २०७७

  • 1.0K
    SHARES

  • नेप्से परिसूचक दोहारो अंकले बृद्धि

    काठमाडौं, ३ मंसिर । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

    नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

    नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ ।

    दिनभर भएका ४३ हजार ६ सय ७३ कारोबारबाट १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार मंगलबार ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

    नेप्सेमा कारोबार हुने ३ उपसमूहहरु बाहेक सबै उकालो लागेका छन् । बैंकिङ उपसमूह १.२८ अंकले, विकास बैंक २०.६ अंकले र हाइड्रोपावर १८.६१ अंकले ओरालो लागेका हुन् ।

    सबै भन्दा धेरै व्यापार उपसमूह ९.९८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा उत्पादनमूलक उपसमूह ६.९४ प्रतिशत अर्थात २ सय ३५ दशमलव ४५ अंकले बढेको छ ।

     

    बुधवार, मंसिर ३ २०७७०४:५४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology