शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

सन्दीप लामिछानेले होबर्ट हरिकेन्सबाट बिग बास लिग खेल्ने

सन्दीप लामिछानेले होबर्ट हरिकेन्सबाट बिग बास लिग खेल्ने

images
  • बिहिवार, मंसिर ४ २०७७

  • 829
    SHARES

  • सन्दीप लामिछानेले होबर्ट हरिकेन्सबाट बिग बास लिग खेल्ने

    काठमाडौँ, ४ मंसिर । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी–ट्वेन्टी क्रिकेट होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।

    होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन । सम्झौता रकम भने खुलाइएको छैन ।

    सन्दीपले लगातार तेस्रोपटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरि बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो।

    बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाई छ । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा छन् । यस पटकको आइपीएलमा उनले कुनै पनि खेल खेल्न पाएनन् ।

    यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको आगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाई छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरेका छन ।

    नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात मङ्सिर २५ गतेदेखि सुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

     

    बिहिवार, मंसिर ४ २०७७११:०१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology