शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

प्रदेश एकमा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

प्रदेश एकमा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

images
  • बिहिवार, मंसिर ४ २०७७

  • 889
    SHARES

  • प्रदेश एकमा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

    विराटनगर, ४ मंसिर । प्रदेश नम्बर १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको छ ।

    अनलाइन कक्षाले समेट्न नसकेका तथा कोरोना प्रभावित क्षेत्रका विद्यार्थीलाई लक्षित गरी मन्त्रालयले सिकाइलाई निरन्तरता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गर्न लागेको हो । पहिलो चरणमा छ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताएका छन ।

    धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताएका छन । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताएका छन ।

    नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा रु १ सय २९ ले एक महिना पुग्ने उनले बताएका छन । निर्देशक बुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम दिइने र तीन महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिने छ ।

    नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ । स्थानीय तहका २ सय ५० शिक्षक र ५ सय विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले जानकारी दिएका छन । उनका अनुसार विद्यार्थी छनोट गर्दा गरिबभित्रको पनि गरिबलाई छनोट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताएका छन ।

    बिहिवार, मंसिर ४ २०७७११:३३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology