सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

ट्यांकरमा च्याम्बर थपेर पेट्रोल चोरी : यसरी समातिए ट्यांकर

ट्यांकरमा च्याम्बर थपेर पेट्रोल चोरी : यसरी समातिए ट्यांकर

images
  • शुक्रवार, मंसिर ५ २०७७

  • 1.2K
    SHARES

  • ट्यांकरमा च्याम्बर थपेर पेट्रोल चोरी : यसरी समातिए ट्यांकर


    इन्धन बोक्ने ट्यांकर चालकहरूले नयाँ शैली अपनाएर पेट्रोल चोरी गर्ने गरेको पत्ता लागेको छ । नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरको च्याम्बरभित्र नयाँ सानो ट्यांकी (फल्स च्याम्बर) बनाएर पेट्रोल चोरी गरेको घटना बाहिरिएको हो ।

    तीन वर्षअघिदेखि ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरेयता सजिलै तेल चोरी गर्न नसकेका ट्यांकरचालकले नयाँ विधि अपनाउँदै चोरी जारी राखेका थिए । यसपटक ट्यांकरभित्र नयाँ सानो ट्यांकी ९फल्स चेम्बर० बनाई त्यहाँ तेल हालेर चोरी गरेको भेटिएको हो । यस्तो सानो ट्यांकी स्थायी रूपमा फिटिङ गरिएको छ । निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले दुईवटा ट्यांकरमा आएको पेट्रोल कम रहेको पाएपछि घटनाबारे विस्तृतमा अध्ययन थालिएको बताए ।

    पेट्रोल लिएर आएको ट्यांकरको परिमाण परीक्षण गर्ने क्रममा दुईवटा ट्यांकरमा कम तेल फेला परेको छ । यसको विस्तृत अध्ययन थालिएको छ,’ उनले भने । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २०–२० हजार लिटर पेट्रोल बोकेर आएको ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्यांकरमा कम तेल पाइएको हो ।निगमको थानकोट डिपोमा कार्यरत वरिष्ठ सहायक कपिल भट्टका अनुसार बुधबार साँझ तेल लिएर आएका ट्यांकरको डिप रडले परिमाण परीक्षण गर्दा दुवै ट्यांकरमा ९ सयदेखि ९ सय ५० लिटर कम पेट्रोल भेटिएको थियो ।

    डिपोबाट खबर आएपछि बिहीबार दिउँसो प्रधान कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितका प्राविधिक कर्मचारी र गुणस्तर तथा नापतौल विभागबाट महानिर्देशक विश्वबाबु पुडासैनीसहितका कर्मचारीले थानकोट पुगेर ट्यांकरको परीक्षण गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । सो क्रममा दुवै ट्यांकरको ३ र ४ नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको हो । त्यसमै तेल लुकाएर चोरी गरिएको निगमले जनाएको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    शुक्रवार, मंसिर ५ २०७७०७:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology