सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

नेकपामा दुर्घटना रोक्ने विकल्पको खोजी

नेकपामा दुर्घटना रोक्ने विकल्पको खोजी

images
  • शनिवार, मंसिर ६ २०७७

  • 1.3K
    SHARES

  • नेकपामा दुर्घटना रोक्ने विकल्पको खोजी

    प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अलग–अलग राजनीतिक प्रस्तावमाथि संस्थागत छलफल निश्चित देखिएपछि पार्टी विभाजनको सम्भावित दुर्घटना रोक्न नेकपामा विकल्पको खोजी सुरु भएको छ । महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर विभाजनको सम्भावित दुर्घटना रोक्ने विकल्प पहिल्याउन ध्यानाकर्षण गराएका छन् । तर, दश दिन बैठक पछाडि धकेलेर नेकपाका दुवै समूह शक्ति सञ्चयमा जुटिसकेका छन् ।

    गत बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको तर्फबाट प्रस्तुत हुने जवाफी प्रतिवेदन र यसअघि प्रचण्डका तर्फबाट प्रस्तुत राजनीतिक प्रस्तावमाथि १३ मंंसिरमा छलफल गर्ने निर्णय गरेको थियो । तर, पौडेल र नेम्वाङले सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव नबनाइए पार्टी विभाजन रोक्न कठिन हुने भन्दै प्रचण्डको ध्यानाकर्षण गराएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा पौडेल र नेम्वाङले प्रचण्डसँग अलग–अलग एक घन्टा भेटवार्ता गरेका थिए ।

    अहिले पार्टीका ९९ प्रतिशत नेता–कार्यकर्तापंक्ति विभाजनको विरुद्ध उभिएका छन्, यो भावनालाई कदर गर्न तपाईंले आफ्नो प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्तावका लागि तयार हुनुपर्छ,’ प्रचण्डसमक्ष महासचिव पौडेलले राखेको प्रस्ताव उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, त्यसो गर्न सकिएन भने पार्टीलाई गम्भीर दुर्घटनाबाट रोक्न सकिँदैन, त्यसैले पार्टी एकता र विधानको स्पिरिटअनुसार अघि बढेर एकता कायम राख्न तपाईंले गम्भीर बनेर पहल लिनुस् ।

    जवाफमा प्रचण्डले भने प्रधानमन्त्री ओलीको अहंता, पार्टीका हरेक निर्णयलाई चुनौती दिने कार्यशैलीका कारण गम्भीर परिस्थिति आएको बताएका थिए । उनले पौडेलको प्रस्तावबारे कुनै ठोस जवाफ नदिए पनि सचिवालयका अन्य नेताहरूसँग पार्टी एकता जोगाउने विषयमा केन्द्रित रहेर थप छलफल गर्ने जानकारी गराएका थिए । अहिले जुन स्तरको संकट देखिएको छ, त्यो प्रधानमन्त्रीको अहंताकै कारण सिर्जना भएको हो, त्यसैले उठेका सबै विषय सम्बोधन गरेर पार्टी एकता जोगाउन उहाँ नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ, प्रचण्डको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, तर, तपाईंको प्रस्तावबारे साथीहरूसँग पनि छलफल गर्छु ।

    पौडेललगत्तै संसदीय दलका उपनेता नेम्वाङले प्रचण्डसँग करिब एक घन्टा बेग्लै भेटवार्ता गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । भेटवार्ताको विषयबारे औपचारिक जानकारी त छैन, तर उहाँहरूबीच पार्टीको पछिल्लो परिस्थितिकै बारेमा छलफल भएको हुनुपर्छ,ढकालले भने । नेता नेम्वाङलेसचिवालय बैठक माग गर्दै बुझाइएको अनुरोधपत्र, कार्यकारी अध्यक्षका तर्फबाट प्रस्तुत एकतर्फी प्रतिवेदन, प्रधानमन्त्री ओलीको सन्देश र विवाद समाधानको विकल्पमा छलफल भएको जानकारी दिए ।

    नेम्वाङले अध्यक्षको हैसियत बिर्सिएर हस्ताक्षरसहित बैठक माग गर्दै निवेदन बुझाउने, अर्को अध्यक्षलाई आरोप लगाएर अलग्गै हस्ताक्षरसहितको बेग्लै दस्ताबेज लेख्ने कामले पार्टी एकता कमजोर बनाएको बताएका थिए । उनले अबको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफ आएपछि स्थायी कमिटीको पछिल्लो निर्णय कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको भन्दै कार्यकारी अध्यक्षको ध्यानाकर्षण गराएको बताए ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। 

    शनिवार, मंसिर ६ २०७७०७:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology