शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

सपनाको संकेत : कुन सपना देख्दा कस्तो फल मिल्छ ?

सपनाको संकेत : कुन सपना देख्दा कस्तो फल मिल्छ ?

images
  • शनिवार, मंसिर ६ २०७७

  • 3.0K
    SHARES

  • सपनाको संकेत : कुन सपना देख्दा कस्तो फल मिल्छ ?

    निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ ।

    तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो । तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् ।

    प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।

     

    कुन सपना देख्दा कस्तो फल मिल्छ ?

    अप्सरा देख्नु – धन र सम्मान प्राप्त

    लास देख्नु – धन लाभ

    अँध्यारो देख्नु – बिपत्ती आउनु

    अंगुर खानु – स्वास्थ्य लाभ

    अंग काटेको देख्नु – स्वास्थ्य लाभ

    अंग दान गर्नु – उज्जवल भविष्य, पुरस्कार

    अस्थी देख्नु – संकट टर्नु

    आँसु देख्नु – परिवारमा मंगल कार्य हुनु

    आवाज सुन्नु – सहि समय आउंदै छ

    आंधी देख्नु – संकटबाट मुक्ति

    आँधीबेहरीमा लड्नु – सफलता मिल्नु

    अखबार पढ्नु , किन्नु – बादबिबाद

    अध्यक्ष बन्नु – मान हानि

    पढ्नु – असफलता मिल्नु

    अपहरण देख्नु – लामो आयु

    अगरबत्ती देख्नु – धार्मिक अनुष्ठान

    अगरबत्ती जलेको देख्नु – दुर्घटना

    कन्या देख्नु – धन बृद्दी

    कसरत गर्नु – बिरामी हुने लक्षण

    खुशी देख्नु – दुख बढ्नु

    हत्या हिंसा देख्नु – सौभाग्य बृद्दी

    रगत देख्नु – धन प्राप्ति

    रगतको वर्षा देख्नु – देशमा कुनै घटनाहरु घट्नु

    रगतमा मुछिनु – धन सम्पत्ति पाउने लक्षण

    तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु

    उजाड जंगल देख्नु – समस्या बढ्नु

    चाँदी देख्नु – धन प्राप्त हुनु

    मोती देख्नु – छोरी पाउने योग

    कैची देख्नु – घरमा झै९झगडा हुनु

    पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु

    समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग

    रातो फूल देख्नु – भाग्य चम्कनु

    झरना देख्नु – दुःखको अन्त हुनु

    आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु

    स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि

    फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग

    खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु

    जुवा खेलेको देख्नु – व्यापारमा लाभ

    पहाड हल्लिएको देख्नु – विरामी हुने डर

    थुक देख्नु – समस्यामा पर्नु

    सेतो बिरालो देख्नु – धन नास हुनु

    खुकुरी देख्नु – संकटबाट मुक्ति

    झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु

    राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु

    आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु

    लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु

    चन्दन देख्नु – शुभ समाचार आउनु

    स्त्रीसँग मैथुन - गर्नु धन प्राप्त हुनु

    गोबर देख्नु - पशु व्यापारमा लाभ

    दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु

    बाख्रा देख्नु - शत्रुको डर

    सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु

    मासु देख्नु – आकस्मिक धन लाभ

    मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने

    कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु

    गरगहना देख्नु – कार्य पुर्ण हुनु

    सुन्दर स्त्री देख्नु – प्रेममा सफलता

    पुरी खाएको देख्नु – खुशीको समाचार आउनु

    बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु

    चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु

    चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु

    बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु

    नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु

    पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ

    नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु

    सुकेको घाँस देख्नु – जीवनमा समस्या

    मरेको मानिस देख्नु – रोगबाट मुक्त

    सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग

    गाडेको धन देख्नु – अचानक धन लाभ हुनु

    काग देख्नु – कसैको मृत्युको समाचार आउनु

    उजाड बगैचा देख्नु – दुःख पाउने

    हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु

    चील देख्नु – शत्रुबाट नोक्सान हुनु

    घोडा देख्नु – संकट हट्नु

    चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ

    धुँवा देख्नु – व्यापारमा हानी

    भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु

    आँखामा गाजल लगाउनु – शारीरिक कष्ट

    बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा

    कुवामा पानी देख्नु – धन लाभ

    रुद्राक्ष देख्नु – शुभ समाचार आउनु

    चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु

    सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु

    सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु

    ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु

    बन्द ढोका देख्नु - धन नास हुनु

    आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु

    शनिवार, मंसिर ६ २०७७०३:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology