शनिवार, आश्विन ३ २०७७Sep 19 2020
images
images

उपत्यकामा निषेधाज्ञा : हात्ती आयो हात्ती आयो फुस्सा

उपत्यकामा निषेधाज्ञा : हात्ती आयो हात्ती आयो फुस्सा

  • शनिवार, भाद्र १३ २०७७

  • 10.0K
    SHARES

  • उपत्यकामा निषेधाज्ञा :  हात्ती आयो हात्ती आयो फुस्सा

    अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरो*नाका कारण विश्वका कतिपय देशमा लकडाउन छ भने कतिपय देशमा दैनिकी सामान्य अबस्थामा फर्कने प्रयासमा प्रयत्नरत छ। सन् २००३ मा सार्स भाइ*रसको रुपमा जन्मिएको यो चीनबाट सुरु भई संसारका २६ देशमा फैलिएको पाइन्छ। फेरी यो मर्सको नाममा सन् २०१२ मा साउदी अरेबियामा देखा परेको थियो । पछि फेरी सन् २०१९ मा यो महामारी चीनबाट  कोरोना भाइ*रस कोभिड-१९ नामबाट संसारभर फैलिएको  छ। अमेरिका , भारत,इटाली, स्पेन,ब्राजिल,  जर्मनी ,बेलायत , फ्रान्सलगायत कयौं देशले नराम्रो प्रभाव ब्यहोरेका छन। पछिल्लो समय नेपालमा पनि प्रवाभ बढ्दो छ । नेपालमा १२० दिनको त्यो कहालीलाग्दो लकडाउन अन्त्य भएको एक महिना बित्न नपाउंदै फेरी निषेधाज्ञा जारी छ । लामो समय बन्द हुँदा डामाडोल बनेको देश  पुरानै लयमा कहिले फर्किन्छ यसको जवाफ कसैसंग छैन ।

    यता आफ्नो घर व्यवहार चलाउन नसक्ने अबस्थामा आम नागरिक पुगेका छन् भने सरकार लकडाउन गर्ने बाहेक अरु कुनै बिकल्प अपनाउन चाहंदैन । सर्वसाधारण,ब्यापारी  र प्रहरीबीच अहिले दिनहुँ लुकामारी हुने गरेको छ । यो अवस्था सरकारको रबैयाका कारण उत्पन भएको हो । कोरोना संक्र*मितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि निषेधाज्ञा जारी राखेको छ । तर उसले सम्भावित महामारी टार्न पर्याप्त काम केहि गरेको छैन ।

    संक्र*मित पहिचानका लागि महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङ अझै प्रभावकारी छैन भने समुदाय स्तरमा परीक्षण पनि अहिलेसम्म  सुरु गरिएको छैन । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्र*मण बढ्दै जाँदा सं*क्र*मित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण खासै हुन् सकेको छैन भने बिरामीहरुको  प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नभएको डाक्टरहरु नै बताउछन । अब प्रश्न उठ्छ,निषेधाज्ञा जारी गरेर सरकार के गर्दैछ ?  कन्ट्याक्ट ट्रेसिङका लागि निर्माण गरिएको पारामेडिक्ससहितको टोलि के गर्दैछ ? के केही नगरी हात बाँधेर बस्न मात्र  निषेधाज्ञा गरिएको ?

    अहिले आम मानिसमा यहि आक्रोस रहेको छ । एकातिर प्रहरीमा संक्रमण बढ्दो छ भने समुदायस्तरमा कोरोना फैलँदोदर बढ्दो छ । प्रहरीले बिशेष गरि ग्रामिण शहरी क्षेत्रमा संचालित ब्यापार व्यवसाय निश्चित समय सिमाभित्र खोल्न र बाँकी समय बन्द गराउने गर्दछ भने व्यवसायी पनि प्रहरी देखेमा वा आएमा शटर बन्द गर्ने गर्दछन भने प्रहरी नहुँदा फेरी खोल्ने गर्दछन ।बिहान बेलुका मानिसहरु प्रहरी नहुँदा उतिकै भीडभाडसाथ बिना मास्क हिंडडुल गर्ने गर्दछन । आम नागरिक पनि केवल प्रहरीको आँखा छल्ने काम मात्र गर्दछन । बिहान बेलुका बजारमा भिड लाग्ने गर्दछ भने सुरक्षा सामग्री देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यदि अब पनि विषेधाज्ञाको सदुपयोग गरिएन भने त संक्रमण घट्नुको साटो झन् बिकराल हुँदै जानेछ ।

    अब समुदायमै गएर व्यापक टेष्ट र ट्रेसिङ नगर्ने हो भने यो महामारीलाई रोक्न असम्भव हुनेछ । उपत्यकामा तीनवटै जिल्लाका जनस्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भइरहेको बताइएको भएपनि खासै प्रभावकारी हुन् सकेको छैन। सबै स्थानीय तहमा कोभिड रेस्पोन्स टिम बनेको छ भने अहिले  यही टिमले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिरहेको छ । उपत्यकामा कुल संक्रमितको संख्या ५ हजार नजिक छ । अधिकांश जनस्वास्थ्य विज्ञहरु भन्छन-  दीर्घकालीन लकडाउनले जनजीविका, अर्थतन्त्र, स्वास्थ्य सेवा, शिक्षालगायत सबैलाई ध्वस्त पार्नेछ भने समाज नै अपाङ्ग बनाउदछ ।

    लकडाउन गर्दा महामारीको प्रकृति कहाँ कस्तो छ भनेर पहिले  बुझ्नुपर्ने हुन्छ ।निषेधाज्ञाको समयमा सेरोलोजी टेस्ट गरेर संक्रमित धेरै देखिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण व्यापक बनाउनुपर्छ भने  समुदायमा सेरोलोजी टेस्ट, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरेर संक्रमितलाई व्यावस्थापन गर्न जरुरी छ  । यो अवधिमा धेरै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर निषेधाज्ञा खुलाउँदा कहाँ कसरी खुलाउने भन्ने रणनीति बनाउन अति आबश्यक छ ।

    शनिवार, भाद्र १३ २०७७१२:४१:४९

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology