बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

उपत्यकामा उच्च जोखिम : को-को हुन् प्रमुख जिम्मेवार ? कसरी बढ्यो कोरोना !

उपत्यकामा उच्च जोखिम : को-को हुन् प्रमुख जिम्मेवार ? कसरी बढ्यो कोरोना !

images
  • आइतवार, भाद्र १४ २०७७

  • 4.3K
    SHARES

  • उपत्यकामा उच्च जोखिम : को-को हुन्  प्रमुख जिम्मेवार ? कसरी बढ्यो कोरोना !

    बिश्वब्यापी रुपमा फैलिएको कोरो*नाका कारण विश्वका कतिपय देशमा अहिले पनि  लकडाउन छ भने कतिपय देशमा दैनिकी सामान्य अबस्थामा फर्कने प्रयासमा प्रयत्नरत छ। सन् २००३ मा सार्स को रुपमा जन्मिएको यो चीनबाट सुरु भई संसारका २६ देशमा फैलिएको पाइन्छ। फेरी यो मर्सको नाममा सन् २०१२ मा साउदी अरेबियामा देखा परेको थियो । पछि फेरी सन् २०१९ मा यो महामारी चीनबाट  कोरोना भाइ*रस (कोभिड-१९) नामबाट संसारभर फैलिएको  छ। अमेरिका , भारत,इटाली, स्पेन,ब्राजिल,  जर्मनी ,बेलायत , फ्रान्सलगायत कयौं देशले नराम्रो प्रभाव ब्यहोरेका छन। पछिल्लो समय नेपालमा पनि प्रवाभ बढ्दो छ । नेपालमा १२० दिनको त्यो कहालीलाग्दो लकडाउन अन्त्य भएको एक महिना बित्न नपाउंदै फेरी निषेधाज्ञा जारी छ । लामो समय बन्द हुँदा डामाडोल बनेको जनजीवन पुरानै लयमा कहिले फर्किन्छ यसको जवाफ कसैसंग छैन ।

    बिशेष गरि काठमाडौँ उपत्यकामा कोरोना बढ्नुको मुख्य  कारण सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाज देखिएको छ । बिरामी बोक्नुपर्ने एम्बुलेन्स भाडामा यात्रु ओसार्ने , निजि सवारीसाधन भाडामा यात्रु ओसार्ने, पहुँचको आधारमा भाडामा यात्रु ओसार्ने सार्वजनिक सवारीसाधन तथा अत्यावश्यक सवारीसाधनको  समेत दुरुपयोग गरि यात्रु ओसारपसार गर्दा उपत्यका जोखिममा परेको छ । बिना मास्क बजार निस्कने तथा लगाउनै परे पनि नाक-मुखमा नलगाएर  चिउँडोमा लगाउने प्रबृति पनि मुख्य जिम्मेवार रहेका छन्  । त्यस्तै तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान पनि उच्च जिखिम क्षेत्र भएको  पाइएको थियो । उपत्यका अहिले पनि रेड जोनमा छ। उपत्यकामा मानिसहरूको आवागमन बाक्लो हुने भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले उपत्यकामा  उच्च जोखिम भएको हो भने त्यसलाई रोक्न सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो ।

    images
    images
    images

    तर त्यसको प्रभावकारी कार्यन्वयन नहुँदा संक्रमण दिनहुँ बढ्दो छ भने परिक्षण खासै हुन सकेको छैन । उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिएको भएपनि राती पहुँचको भरमा भित्रने र बाहिरिने पनि अत्यधिक छन् र ति सबै प्रशासन कै मिलेमत्तोमा हुने गरेको छ। यता आफ्नो घर व्यवहार चलाउन नसक्ने अबस्थामा आम नागरिक पुगेका छन् भने सरकार लकडाउन गर्ने बाहेक अरु कुनै बिकल्प देख्दैन । आजभोली सर्वसाधारण,ब्यापारी  र प्रहरीबीच दिनहुँ लुकामारी हुने गरेको छ । यो अवस्था सरकारको रबैयाका कारण उत्पन भएको हो । कोरोना संक्र*मितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि निषेधाज्ञा जारी राखेको छ ।

    तर उसले सम्भावित महामारी टार्न पर्याप्त काम केहि गरेको छैन । संक्र*मित पहिचानका लागि महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङ अझै प्रभावकारी छैन भने समुदाय स्तरमा परीक्षण पनि अहिलेसम्म  सुरु गरिएको छैन । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्र*मण बढ्दै जाँदा सं*क्र*मित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण खासै हुन् सकेको छैन भने बिरामीहरुको  प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नभएको डाक्टरहरु नै बताउछन । अब प्रश्न उठ्छ,निषेधाज्ञा जारी गरेर सरकार के गर्दैछ ?  कन्ट्याक्ट ट्रेसिङका लागि निर्माण गरिएको पारामेडिक्ससहितको टोलि के गर्दैछ ? के केही नगरी हात बाँधेर बस्न मात्र  निषेधाज्ञा गरिएको ? काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको भने पनि त्यो कागजमा मात्र सिमित रहेको छ ।

    विगतमा जस्तै अहिले पनि  मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको छ भने सर्वसाधारण मात्र नभई  व्यावसायिहरुले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । अहिले आम मानिसमा यहि आक्रोस रहेको छ । एकातिर प्रहरीमा संक्रमण बढ्दो छ भने समुदायस्तरमा कोरोना फैलँदोदर बढ्दो छ । प्रहरीले बिशेष गरि ग्रामिण शहरी क्षेत्रमा संचालित ब्यापार व्यवसाय निश्चित समय सिमाभित्र खोल्न र बाँकी समय बन्द गराउने गर्दछ भने व्यवसायी पनि प्रहरी देखेमा वा आएमा शटर बन्द गर्ने गर्दछन भने प्रहरी नहुँदा फेरी खोल्ने गर्दछन । बिहान बेलुका मानिसहरु प्रहरी नहुँदा उतिकै भीडभाडसाथ बिना मास्क हिंडडुल गर्ने गर्दछन । आम नागरिक पनि केवल प्रहरीको आँखा छल्ने काम मात्र गर्दछन । बिहान बेलुका बजारमा भिड लाग्ने गर्दछ भने सुरक्षा सामग्री देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यदि अब पनि विषेधाज्ञाको सदुपयोग गरिएन भने त संक्रमण घट्नुको साटो झन् बिकराल हुँदै जानेछ ।

    अहिले अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अब समुदायमै गएर व्यापक टेष्ट र ट्रेसिङ नगर्ने हो भने यो महामारीलाई रोक्न असम्भव हुनेछ । उपत्यकामा तीनवटै जिल्लाका जनस्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भइरहेको बताइएको भएपनि खासै प्रभावकारी हुन् सकेको छैन। सबै स्थानीय तहमा कोभिड रेस्पोन्स टिम बनेको छ भने अहिले  यही टिमले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिरहेको छ । उपत्यकामा कुल संक्रमितको संख्या ५ हजार नजिक छ ।

    अधिकांश जनस्वास्थ्य विज्ञहरु भन्छन-  दीर्घकालीन लकडाउनले जनजीविका, अर्थतन्त्र, स्वास्थ्य सेवा, शिक्षालगायत सबैलाई ध्वस्त पार्नेछ भने समाज नै अपाङ्ग बनाउदछ । लकडाउन गर्दा महामारीको प्रकृति कहाँ कस्तो छ भनेर पहिले  बुझ्नुपर्ने हुन्छ ।निषेधाज्ञाको समयमा सेरोलोजी टेस्ट गरेर संक्रमित धेरै देखिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण व्यापक बनाउनुपर्छ भने  समुदायमा सेरोलोजी टेस्ट, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरेर संक्रमितलाई व्यावस्थापन गर्न जरुरी छ  । यो अवधिमा धेरै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर निषेधाज्ञा खुलाउँदा कहाँ कसरी खुलाउने भन्ने रणनीति बनाउन अति आबश्यक छ ।भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । उपत्यकामा  प्रशासनमा अत्यावश्यक बाहेकको सेवा बन्द  रहेको छ ।

    आइतवार, भाद्र १४ २०७७१२:५८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology