शनिवार, आश्विन ३ २०७७Sep 19 2020
images
images

कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डाक्टर सुजितकुमार साहको नयाँ दिल्लीमा शव फेला

कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डाक्टर सुजितकुमार साहको नयाँ दिल्लीमा शव फेला

  • बुधवार, भाद्र १७ २०७७

  • 7.4K
    SHARES

  • कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डाक्टर सुजितकुमार साहको नयाँ दिल्लीमा शव फेला

    एजेन्सी । कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४० वर्षीय डा. साहको हिजो शव फेला परेको थियो ।

    मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिरहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्यमले डा. साहले आत्महत्या गरेको दावी गरेका छन् ।

    पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका साहले एम्सबाट एमसिएच गरेका थिए । उनका दर्जनौँ लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् ।

    छोरो समयमा डा.साहले कलेजो प्रत्यारोपणमा भारतमै चर्चा प्राप्त गरेका थिए ।

     

    बुधवार, भाद्र १७ २०७७१२:२९:०२

    एजेन्सी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology