बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

घ्याङफेदीमा ठुलो दुर्घटनाको सम्भावना देखिएपछी बस्ति सारियो ( फोटोफिचर )

घ्याङफेदीमा ठुलो दुर्घटनाको सम्भावना देखिएपछी बस्ति सारियो ( फोटोफिचर )

images
  • बुधवार, भाद्र १७ २०७७

  • 4.5K
    SHARES

  • घ्याङफेदीमा ठुलो दुर्घटनाको सम्भावना देखिएपछी बस्ति सारियो  ( फोटोफिचर )

    नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न.१ घ्याङफेदीको नेगिखोलामा दुर्घटनाको  सम्भावना देखिएपछि जोखिम स्थानमा रहेको बस्ति सारिएको  छ। नेगीखोलादेखि उत्तर करीब १ किलोमिटर माथि अग्लो टापुमा रहेको पाल्छोङ ऊ नाम गरेको ओडार रहेको छ भने त्यो ढुंगा अहिले फुट्ने क्रममा रहेको छ ।  लाखौ  टन ओजन भएको उक्त ढुंगा सिलापत्रमाथि अडिएको छ। अहिले जोखिम कम गर्न २९ परिवारलाई अन्तै अस्थायी बसोबासका लागि सारिएको हो ।

    118354307_3593218024063773_8003652041545274324_o.jpg

    images
    images

    अहिले टेण्ट फिट गरेर  ति जोखिम परिवार सारिएको छ  । उक्त अस्थायी आवासमा खानेपानीको व्यवस्थापन र विजुलीबत्ती जडान गर्ने कामहरू गरिएको छ भने उनीहरुको स्थायी बसोबासको लागि खाली जग्गा खोज्ने काम भैरहेको गाउँपालिका अध्यक्ष योविद्र सिङ तामाङ्गले जानकारी दिएका छन्  । ति २९ परिवारमध्ये १८ परिवारमा ४ जना प्रति परिवार रहेको र ११ परिवारमा प्रति परिवार १० जना गरि जम्मा १८२ जना रहेको अध्यक्ष तामाङ्गले बताएका छन् । अध्यक्ष तामाङ्गका अनुसार अहिले अस्थायी बसोबासका लागि  सल्ले डांडामा  १० परिवार तथा सल्ले डांडाभन्दा तल १३ परिवार र ६ परिवार दोंगेमा राखिएको छ ।

    118584884_3593683540683888_1069467519727727790_n.jpg

    अब उनीहरुलाई एकीकृत बस्ति बनाएर एकै ठाउमा राखिनेछ भने त्यसको लागि जग्गा खोज्ने काम भैरहेको छ।  केहि दिन अघि  उक्त जोखिम क्षेत्रको सांसद हित बहादुर तामाङ्गले निरीक्षण गरेका थिए । सांसद तामाङ्गको पहलमा उक्त जोखिम बस्ति हटाइएको हो भने सांसद तामाङ्गसहित जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी , जिल्ला स्थित सुरक्षा अंगका प्रमुखहरु, गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले जोखिम स्थलको अवलोकन गरेका थिए ।  गृहमन्त्रालयले  उपलब्ध गराएको  टेण्टमा अहिले उनीहरुलाई राखिएको छ ।

    118514323_784971405645512_3381744896600155220_n.jpg यस अघि उक्त ओडारमा स्थानीयहरुले गाई गोरु र बाख्रा बाध्ने एवम् घाँस दाउराहरु राख्ने गरेका थिए। अहिले उक्त ओडार खुम्चिएर किसानले राखेको दाउरा च्यापिएको अवस्थामा छ भने  भित्ताका ढुंगाहरु चर्किएर छुट्टिएको अबस्थामा रहेको छ। यो ढुंगा जुनसुकै बेला फुट्न सक्ने छ ।   ढुंगा पल्टेको स्थितिमा नेगीखोलास्थित एक बिद्यालय भवन र २९ घर परिवार र ढुंगा भन्दामाथि रहेको  बोतगाङ र हेजीको बस्तीलाई असर पर्नेछ। ढुंगा ज्यादै ठुलो भएकोले यदि उक्त ढुंगा पल्टेको अवस्थामा सयौं मिटर वरपर कम्पन हुने र त्यतिबेला चारैतिर पहिरो जाने,डाँडा पाखाहरु बग्ने एवम् घण्टौं घण्टा खोला थुनिने अवस्था रहेकोले बस्ति हटाइएको हो।

    118578959_3593302584055317_7825239619495463958_n.jpg

    बुधवार, भाद्र १७ २०७७०५:५४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology