बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

खुकुलो निषेधाज्ञा विरोधमा उपत्यका मेयर फोरम, तद्काल कर्फ्यु लगाउन माग

खुकुलो निषेधाज्ञा विरोधमा उपत्यका मेयर फोरम, तद्काल कर्फ्यु लगाउन माग

images
  • बिहिवार, भाद्र १८ २०७७

  • 2.2K
    SHARES

  • खुकुलो निषेधाज्ञा विरोधमा उपत्यका मेयर फोरम,  तद्काल कर्फ्यु लगाउन माग

    स्वरुप परिवर्तन सहितको निषेधाज्ञामा काठमाडौं उपत्यका मेयर फोरमले आपत्ति जनाएको छ । मेयर फोरमले विज्ञप्ती निकालेर संघीय सरकारले गरेको निषेधाज्ञाको विरोध गरेको हो ।

    गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरि यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको थियो । 

    images
    images

    विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा र मासु, बिक्री गर्ने पसल खोल्न दिइएको थियो भने विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको थियो । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ देखि ९ बजेसम्म चल्न दिने निर्णय भएको थियो ।

    फोरमले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाध रुपमा काम गर्नदिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने बताएको छ ।

    फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो । हिजो बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैंठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धीत काम गर्ने व्यवसायीहरुलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्थाको बिरोध गरेको हो ।

    मेयर फोरमको सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरीबाबु मर्हजनले विज्ञप्ति जारी गरेर विरोध गरेका हुन् । उनीहरुले यस्तो निर्णयले निषेधाज्ञाको कुनै उपादेयता नरहने बताउँदै यो निर्णयलाई ११ बजेसम्म मात्र लागू गर्नुपर्ने बताएका छन् ।

    mayer_forum18.jpg

    बिहिवार, भाद्र १८ २०७७०१:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology