बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

सार्वजनिक यातयात बन्द हुँदा कोरोना कसरी फैलियो ? निजि सवारीलाई यात्रु बोक्न कसले दियो ?

सार्वजनिक यातयात बन्द हुँदा कोरोना कसरी फैलियो ? निजि सवारीलाई यात्रु बोक्न कसले दियो ?

images
  • शुक्रवार, भाद्र १९ २०७७

  • 3.7K
    SHARES

  • सार्वजनिक यातयात बन्द हुँदा कोरोना कसरी फैलियो ?  निजि सवारीलाई यात्रु बोक्न कसले दियो ?

    सरकारले कोरोनाबाट शिथिल बनेको सार्वजनिक यातायात संचालन भदौ १ गतेदेखि गर्ने भने पनि संचालन हुन् सकेको छैन भने अशोज १ देखि संचालन गर्ने भनेपनि त्यसमा तद्काल बिश्वास गर्न सकिने अवस्था समेत छैन । सार्वजनिक यातायात केन्द्रीय महासंघले बिगत लामो समयदेखि लकडाउनमा परेपछि सार्वजनिक सवारी साधन सबै थन्किएका बेलामा व्यवसायीलाई ऋण तिर्न पटक-पटक दवाव दिएको भन्दै  यातायातमा लिएको ऋण नतिर्ने चेतावनी पुनः दिएको  छ । सरकारले विषम परिस्थितिलाई हेरेर बैङ्कको ब्याज र किस्तालाई सहुलियत दिनुपर्नेमा अहिलेसम्म कुनै नीति तथा योजना समेत नल्याएको भन्दै आफुहरुलाई आन्दोलनमा जान सरकारले नै बाध्य पार्न लागेको महासचिब भरत नेपालले बताएका छन्  ।

    सरकारले बजेटमा पनि सम्बोधन नगरेको तथा मौद्रिक नीतिमा गरेको बाचा व्यवहारमा नगरेको महासंघको आरोप छ । महासंघले प्रश्न गर्दै भनेको छ - बिगत ६ महिनादेखि सार्वजनिक यातयात बन्द हुँदा कोरोना कसरी फैलियो ? निजि सवारीलाई यात्रु बोक्न कसले दियो ? यसमा को-को संलग्न छन् ? उनीहरुमाथि किन कारवाही हुदैन ? यी अनेकन प्रश्नको जवाफको खोजीमा अहिले महासंघ रहेको छ भने सरकारसँग जवाफ समेत मागेको छ। बजेटअघि नै सरकारसँग आफ्नो  माग राखेको भएपनि कुनै सम्बोधन नभएकोमा महासंघले चिन्ता व्यक्त गरेको छ । महासचिब नेपालले व्यवसायीहरुलाई अहिले किस्ता तिर्न दवाब दिइरहेको र  आत्महत्या गर्न बाध्य पारे कुनै पनि ऋणको किस्ता नतिर्ने चेतावनी दिएका छन् ।

    images
    images

    आत्महत्या गर्न बाध्य पार्ने गरि  सबै बैंक, वित्तीय संस्थाहरुबाट दबाब दिने गतिविधि निरन्तर भैरहेकोप्रति पुनः खेद प्रकट गरेको छ । सबै बैंक, वित्तीय संस्थाहरुले लकडाउन खुल्दासम्म र खुलेपछिको अवधिवाट हालको बैंक ऋणमा साँवा, व्याजलाई १ वर्ष अवधि थप गर्न पुनः माग गरेको छ । अन्यथाः देशैभरिबाट यातायातमा ऋण लिएका कुनै पनि बैंक, वित्तीय संस्थामा रकमहरु नतिर्ने अभियानमा लाग्न यस सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल बाध्य हुने चेतावनी समेत दिएको छ । सार्वजनिक यातायातका सवारी साधन ६ महीनादेखि ग्यारेजमा  खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको र २५% सवारी अब चल्न नसक्ने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

    सार्वजनिक सवारीसाधन धनीहरू एकातिर  ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् भने अर्कोतिर यातायात कसरी संचालन भन्ने चिन्तामा रहेको  नेपालले बताए ।   महासंघले गत चैतदेखि आउँदो असारसम्मको सम्पूर्ण कर, राजश्व, बैंक ब्याज मिनाह गरी कर्जा किस्ता एक वर्ष थप गर्न समेत सरकारसंग पटक-पटक माग गरेको थियो । करिब देशभर ३ लाख ५० हजार  सार्वजनिक यातायात सञ्चालनमा रहेका  छन् भने करिव १० लाखले प्रत्यक्ष रोजगारी पाएका छन् भने ३० लाख अप्रत्यक्ष रोजगारीमा छन् । यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था आएको भन्दै उनीहरुले सावर्जनिक सवारी रोकेर  निजीलाई  यात्रु ओसार्न दिइएको प्रति  सरकारले जवाफ दिनुपर्ने माग समेत राखेका  छन्।

    शुक्रवार, भाद्र १९ २०७७०३:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology