आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

भाइरल बन्दै भारतीय र चिनिया सैनिकबीच भएको झडप भिडियो ( भिडियोसहित )

भाइरल बन्दै भारतीय र चिनिया सैनिकबीच भएको झडप भिडियो ( भिडियोसहित )

  • बिहिवार, भाद्र २५ २०७७

  • 2.5K
    SHARES

  • भाइरल बन्दै भारतीय र चिनिया सैनिकबीच भएको  झडप भिडियो ( भिडियोसहित )

    यतिबेला सामाजिक संजालमा एउटा भिडियो भाइरल भैरहेको छ । भारत र चीनबीच निरन्तर विवाद भैरहेका बेला यो भिडियो सार्वजनिक हुँदा कुटनीतिक रुपमा पनि अर्थपूर्ण रुपमा हेरिएको छ । भिडियोमा  विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै कुस्ती खेलेको देख्न सकिन्छ ।

    दुई देशबीच सीमामा भएको झडपको सम्भवतः यो नै पहिलो पटक सार्वजनिक भएको भिडियो हो ।सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको प्रष्ट देख्न सकिन्छ । चिनियाँ सैनिक स्रोतका अनुसार  उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक  सञ्जालमा देखिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि मात्र  खिचिएको स्रोतको भनाइ रहेको छ।

    आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताइएको छ । उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र दंगा हुँदा प्रयोग हुने ढाल रहेको देख्न सकिन्छ भने भारतीय सैनिकहरुले बन्दुक बोकेको देखिन्छ । तर, उनीहरुले बन्दुक चलाएनन् । गत मे महिनादेखि भारत र चीनबीच निरन्तर सीमा विवाद छ ।

    गत सोमबार पाङगोङ त्सो तालमा भएको विवादका क्रममा गोली चलेपछि स्थिति पुनः तनावग्रस्त बनेको छ । यो भिडियोको वाटरमार्क हेर्दा चिनियाँ फोनबाट खिचिएको देख्न सकिन्छ । एक सैन्य विज्ञका अनुसार उक्त भिडियो १५ जुनमा भएको हिंस्रक झडपको नभएर त्योभन्दा अघि गलवान नदीमा मे महिनामा भएको झडपको हुनसक्ने बताइएको छ ।  

    गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप हुँदा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए भने  बेइजिङले उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेन । यो झडपको भिडियो बेइजिङले नै प्रमाण देखाउन सचेत रुपमा सार्वजनिक गरेको हनुसक्ने आशंका व्यक्त गरिएको छ ।

    बेइजिङ चिनियाँ जनता र भारतलाई यो भिडियोमार्फत  सन्देश दिन चाहन्छ । सहमतिको उल्लंघन कसले पहिले गर्यो र कसले झडप सुरु गर्यो भन्ने भिडियो प्रमाण आफूसँग रहेको देखाउन चाहन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०७:४२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology