शनिवार, आश्विन ३ २०७७Sep 19 2020
images
images

नेपाल समूहको रणनीति : प्रचण्डको ‘कार्यकारी’ अधिकारको परीक्षण गर्ने, धोका भए मुद्दा लिएर देश दौडाहामा जाने

नेपाल समूहको रणनीति : प्रचण्डको ‘कार्यकारी’ अधिकारको परीक्षण गर्ने, धोका भए मुद्दा लिएर देश दौडाहामा जाने

  • शुक्रवार, भाद्र २६ २०७७

  • 1.1K
    SHARES

  • नेपाल समूहको रणनीति : प्रचण्डको ‘कार्यकारी’ अधिकारको परीक्षण गर्ने, धोका भए मुद्दा लिएर देश दौडाहामा जाने

    समस्या समाधानमा प्रतिवेदन सकारात्मक रहे पनि कतिपय विषय अझै अमूर्त रहेको धारणा राख्ने तयारी छ । तर, थप विवाद चर्काउने गरी कुनै लिखित असहमति र आक्रामक प्रस्तुति नदिने उनीहरूको योजना छ । प्रतिवेदनप्रति पूर्ण सन्तुष्टि नरहे पनि कार्यदलमा निकट नेताहरू रहेको, कार्यदललाई सचिवालयबाट अनुमोदन गराइएको, कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयमा नेपालसहितका नेताले आफ्नो मत राखेको र त्यसैअनुसार परिमार्जित प्रतिवेदनमा समेत थप धारणा राख्ने अवसर दिइएकाले नेपाल समूह आक्रामक रूपमा प्रस्तुत नहुने निष्कर्षमा पुगेको छ ।

    दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि नेकपा विवादका अर्को प्रमुख खेलाडी माधवकुमार नेपाल समूहले तत्कालका लागि प्रचण्डको ‘कार्यकारी’ परीक्षण गर्ने रणनीति अंगीकार गर्ने भएको छ । नेकपाको पछिल्लो विवादमा प्रचण्डसँग कार्यगत सहकार्यमा रहेको नेपाल समूह तत्कालका लागि उनको कार्यकारी भूमिका परीक्षण गर्ने निष्कर्षमा देखिएको हो । परिमार्जित प्रतिवेदनमा प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका प्रस्ताव छ । स्थायी कमिटी बैठकमा अनुमोदनपछि यो कार्यान्वयनमा जानेछ ।

    ओली र प्रचण्डले पार्टी विवाद समाधान गर्न गठन गरेको ६ सदस्यीय कार्यदलको प्रतिवेदनलाई आधार मानेर विवाद अन्त्य र एकताका लागि सहमतिको प्रस्ताव तयार पारेपछि नेपाल समूह तत्कालका लागि सहमति कार्यान्वयन अवस्था हेर्ने रणनीतिमा पुगेको हो । पछिल्लोपटक प्रचण्डकै चाहनाअनुसार कार्यकारी अधिकार मूर्त बनाइएको र त्यसमा उनको सहमति रहेको नेपाल समूहको बुझाइ छ । त्यही कारण शुक्रबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल समूह समस्या समाधानमा प्रतिवेदन सकारात्मक रहे पनि कतिपय विषय अझै अमूर्त रहेको धारणा राख्ने तयारीमा छ । तर, थप विवाद चर्काउने गरी कुनै लिखित असहमति र आक्रामक प्रस्तुति नदिने उनीहरूको योजना छ ।

    प्रतिवेदनप्रति पूर्ण सन्तुष्टि नरहे पनि कार्यदलमा निकट नेताहरू सुरेन्द्र पाण्डे र भीम रावल रहेको, कार्यदललाई सचिवालयबाट अनुमोदन गराइएको, कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयमा नेपालसहितका नेताले आफ्नो मत राखेको र त्यसैअनुसार परिमार्जित प्रतिवेदनमा समेत थप धारणा राख्ने अवसर दिइएकाले नेपाल समूह आक्रामक रूपमा प्रस्तुत नहुने निष्कर्षमा पुगेको हो । यसअघि कार्यदलले बुझाएको सुरुको प्रतिवेदनमाथि १८ भदौको सचिवालय बैठकमा नेता नेपालले सुधारका लागि भन्दै १५ बुँदे मत राखेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    शुक्रवार, भाद्र २६ २०७७०७:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology