आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • शनिवार, भाद्र २७ २०७७

  • 5.4K
    SHARES

  • यो साता  यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): टाढिएका मित्रसँग नजिकिने समय छ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । झैँ–झमेलाको अवस्था आउला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

     

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक तथा साहित्यामा रुचि बढ्नेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । साताको अन्त्यमा समय प्रतिकुल भई मुद्धा मामिलापनि लाग्न सक्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

     

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । शुभ समाचार पाईनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । पारिवारसंग रमाइलो भेटघाट हुनेछ । साताको अन्त्यमा मनमा दुविधा उत्पन्न हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

     

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योगपनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो साता घरमा अतिथीको आगमन हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

     

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : यो साता आफन्तको सहयोगी हातहरू अघि बढ्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नावग्रहको स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

     

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : यो साता लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मान प्रतिष्ठामा बृद्धि होला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

     

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । विचार गरेर निर्णय लिनु उचित होला । मध्य साताबाट हाँसखेल र मनोरञ्जन र भोजभतेरमा सहभागी हुनुपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धन लाभपनि हुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

     

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : शुभ समाचार सुन्न पाइएला । रमणीय र सुखद् यात्राको योग छ वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा भने केहि कठिनाइको सामना गर्नुपर्ला साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

     

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : यो साता दैनिक कार्यमा प्रगति हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

     

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : धर्म तथा समाजसेवामा मन लाग्नेछ । तिर्थाटनको योगछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतः प्रेममा सफलता प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

     

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : यो साता आफन्त संग मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । बोलीको विपरीत अर्थ लाग्न लाग्ला । मध्य साताबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । साथी भाईको भेटघाटले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । 

     

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    शनिवार, भाद्र २७ २०७७०६:५५:१३

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology