आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

पत्तै नपाई भाग्यो कोरोना भाइरस

पत्तै नपाई भाग्यो कोरोना भाइरस

  • शनिवार, भाद्र २७ २०७७

  • 1.5K
    SHARES

  • पत्तै नपाई भाग्यो कोरोना भाइरस

    बुटवल । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्।

    ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र कोर्‍यो (कोरोना) हुन्छ।’ उनी कोरोनालाई कोर्‍यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन।

    न अहिले देखिएको त्रासकै बारेमा जानकारी छ।सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन्। तर, कुनै लक्षण देखिएन। ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने। ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन्। बुहारी पनि कोरोना पोजिटिभ नै थिइन्।

    छोराले पकाएर खुवाए।हजुरआमाको दैनिकी अरू बेलाजस्तै बित्यो। कुनै लक्षण नदेखिएपछि थप औषधिको आवश्यकता देखिएन। खाजा, खाना खुवाउने नियमित प्रक्रियाजस्तै बन्यो। तातो पानी पर्याप्त खुवाइएको नातिले सुनाए। वनस्पतिको रसबाहेक अरू खुवाउनु परेन।आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

    शनिवार, भाद्र २७ २०७७०७:१६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology