आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

इपिएल फुटबलमा लिभरपुलको विजयी सुरुवात

इपिएल फुटबलमा लिभरपुलको विजयी सुरुवात

  • आइतवार, भाद्र २८ २०७७

  • 889
    SHARES

  • इपिएल फुटबलमा लिभरपुलको विजयी सुरुवात

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले विजयी सुरुवात गरेको छ ।

    गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई चार तीन गोल अन्तरले पराजित गर्दै लिभरपुलले विजयी सुरुवात गरेको हो ।

    एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । त्यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।

    लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए ।

    खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    १२औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई एक एक गोलको बराबरीमा ल्याए ।

    त्यस्तै खेलको २०औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल दुई एकले अघि रह्यो ।

    तर, खेलको ३०औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल दुई दुईको बराबरीमा ल्याए ।

    खेलको ३३औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई तीन दुईको अग्रता दिलाए ।

    खेलको त्यस्तै खेलको ६६औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई तीन तीन गोलको बराबरीमा ल्याए ।

    तर, खेलको ८८औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई चार तीन गोलको जित दिलाए ।

    यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

    च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

    लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो ।

    आइतवार, भाद्र २८ २०७७०१:१७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology