बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना संक्रमण

images
  • मंगलवार, भाद्र ३० २०७७

  • 637
    SHARES

  • काठमाडौं उपत्यकामा  ६७६ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    images
    images

    कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ४ सय ९९ पुगेको छ ।

    संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना निको भएर फर्किएका छन् भने ३ सय ७१ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

    मंगलवार, भाद्र ३० २०७७०४:४१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology