आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र

यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र

  • मंगलवार, भाद्र ३० २०७७

  • 757
    SHARES

  • यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र

    काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।

    एडीबीले गत अपि्रलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चन पुगे ।

    त्यसपछि एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीले गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ ।

    बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।

    मंगलवार, भाद्र ३० २०७७०४:४६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology