आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गयो, ज्यान गुमाउनेको संख्या ३७१ पुग्यो

कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गयो, ज्यान गुमाउनेको संख्या ३७१ पुग्यो

  • मंगलवार, भाद्र ३० २०७७

  • 793
    SHARES

  • कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गयो, ज्यान गुमाउनेको संख्या ३७१ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ११ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ४ सय ९९ पुगेको छ ।

    संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना निको भएर फर्किएका छन् भने ३ सय ७१ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

    मंगलवार, भाद्र ३० २०७७०४:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology