बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

थप चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन,प्रयोग नर्गन अपिल

थप चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन,प्रयोग नर्गन अपिल

images
  • बुधवार, भाद्र ३१ २०७७

  • 901
    SHARES

  • थप चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन,प्रयोग नर्गन अपिल

    काठमाडौं । मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर फेला परेको छ ।

    चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।

    images
    images

    नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।

    काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर  ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।

    यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो ।

    कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरेको छ । गुणस्तरहीन स्यानिटाइजर प्रयोग नर्गन विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।

    बुधवार, भाद्र ३१ २०७७१२:३७:१९

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology