बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

हिमाल चढ्न बहराइनका राजकुमार काठमाडौंमा

हिमाल चढ्न बहराइनका राजकुमार काठमाडौंमा

images
  • बुधवार, भाद्र ३१ २०७७

  • 661
    SHARES

  • हिमाल चढ्न बहराइनका राजकुमार काठमाडौंमा

    काठमाडौं । कोरोना महामारीकै बीचमा नेपालका हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली काठमाडौं आइपुगेका छन् ।

    खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न राजकुमारसहित १८ जनाको टोली आज विहान काठमाडौं आइपुगेको हो ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

    आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किनेछ ।

    यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछन् ।

    टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् ।

    पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ । दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य छ ।

    बुधवार, भाद्र ३१ २०७७०१:२०:१८

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology