बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

प्याजमा कालोबजारी गर्ने बल्खु र कालीमाटी तरकारी बजारका ७ वटा पसल सिल

प्याजमा कालोबजारी गर्ने बल्खु र कालीमाटी तरकारी बजारका ७ वटा पसल सिल

images
  • बुधवार, भाद्र ३१ २०७७

  • 721
    SHARES

  • प्याजमा कालोबजारी गर्ने बल्खु र कालीमाटी तरकारी बजारका ७ वटा पसल सिल

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले जानकारी दिएका छन । 

    नचिनिने गरी बजार पुगेका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए । ति पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको ओझाले बताएका छन ।

    images
    images

    ‘केही पसलेले अनुगमन टोललाई प्याज नभएको बताएको तर चिनेका मान्छेलाई भने महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइयो,’ ओझाले भने ।

    प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।

    यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिक-अप भ्यानलाई नियन्त्रणमा लिइएकोे सचिवलयले जनाएको छ ।

    बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सक्रिय पारिएको मन्त्रालयले जनाएको छ ।

     

    बुधवार, भाद्र ३१ २०७७०२:३८:०९

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology