बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

इंग्ल्यान्डविरुद्धको निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलिया विजयी

इंग्ल्यान्डविरुद्धको निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलिया विजयी

images
  • बिहिवार, आश्विन १ २०७७

  • 1.2K
    SHARES

  • इंग्ल्यान्डविरुद्धको निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलिया विजयी

    म्यानचेस्टर । इंग्ल्यान्डविरुद्धको निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलिया विजयी भएको छ । इंग्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य अष्टेलियाले २ बल बाँकी रहँदै भेट्टाएको थियो । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिज २-१ ले जितेको छ ।

    ३ सय ३ रनको विशाल लक्ष्य पाएको अष्ट्रेलियाका सुरुवात भने खराब रह्यो । २१ रनको स्थितिमा ओपनर आरोन फिन्चलाई गुमाएको थियो । यस्तै, मर्कूस स्टोइनिस ४, डेविड वार्नर २४, मर्नुस लबुसचेन २० तथा मिचेल मार्स २ रनमा आउट भएपछि व्याटिङ संकटमा पुगेको थियो ।

    images
    images
    images

    छैटौं विकेटका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले २ सय १२ रनको दोहोरो शतकीय साझेदारी गर्दै जित नजकि पुर्याएका थिए । म्याक्सवेलले १ सय ८ तथा क्यारीले १ सय ६ रनको शतकीय पारी पारी खेले । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको स्थितिमा आदिल राशिदको पहिलो बलमा मिचेल स्टार्कले छक्का तथा चौथो बलमा चौका प्रहार गर्दै जित दिलाए । स्टार्क ११ तथा प्याट कमिन्स ४ रनमा नटआउट रहे ।

    इंग्ल्यान्डका जोय रुट, क्रिस वैक्सले २-२ तथा जोफ्रा आर्चर र आदिल राशिदले समान एक/एक विकेट लिए ।

    यसअघि, म्यानचेस्टरस्थित इमिरेट्स ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ रोजेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । इंग्ल्यान्डका जोनी बेइस्ट्रोले १ सय १२ रनको शतकीय पारीको मद्दतमा उक्त योगफल बनाएको थियो । यस्तै, साम बिलिङ्सले ५७ र क्रिस वैक्सले ५३ तथा इयान मोर्गानले २३ रनको योगदान दिएका थिए ।

    अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले समान ३-३ तथा मिचेल मार्सले एक विकेट लिएका थिए ।

    पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको  थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड २४ रनले  विजयी भएको थियो । 

    बिहिवार, आश्विन १ २०७७११:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology