बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुन्छ : मन्त्री ज्ञवाली

आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुन्छ : मन्त्री ज्ञवाली

images
  • शुक्रवार, आश्विन २ २०७७

  • 961
    SHARES

  • आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुन्छ : मन्त्री ज्ञवाली

    बुटवल । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

    शुक्रबार बुटवलमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताएका हुन् ।

    images
    images
    images

    पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुने बताएका छन ।

    पार्टीभित्रको विवादले झण्डै फुटको अवस्थामा पुगेको पार्टी अहिले पुरानै एकताको अवस्थामा पुगेको उनले दाबी गरेका छन । ‘अझै पनि अन्तरविरोधहरु छन्, तर तिनलाई महाधिवेशनबाट समाधान गर्नेगरी पार्टी अहिले एक भएको छ’ उनले भने ।

    मन्त्री ज्ञवालीले भारतसंग कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने बताएका छन । भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै उनले राष्ट्रियताको पक्षमा नेपाल उभिँदा सम्बन्धमा केही समस्या आउने गरेको दावी गरेका छन ।

    कोरोना महामारीका कारण देशको आर्थिक वृद्धि दर निकै खुम्चिने देखिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य सतर्कता अपनाउँदै आर्थिक गतिविधि खुला गर्नुको विकल्प नभएको बताएका छन ।

    कोरोना नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन जनताको साथ र सहकार्य आवश्यक रहेको मन्त्री ज्ञवालीले बताएका छन ।

    शुक्रवार, आश्विन २ २०७७०३:३७:४५

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology