बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

आणविक हतियार भएका १० शक्तिशाली देश, परमाणु युद्ध भए के हुन्छ ?

आणविक हतियार भएका १० शक्तिशाली देश, परमाणु युद्ध भए के हुन्छ ?

images
  • शुक्रवार, आश्विन २ २०७७

  • 3.9K
    SHARES

  • आणविक हतियार भएका १०  शक्तिशाली देश, परमाणु युद्ध भए के हुन्छ ?

    अहिले विश्वमा बहसको बिषय बनेको छ अबको युद्ध कस्तो हुन्छ ? ७५ बर्ष अघि अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार गरेको घटनाले अहिले पनि संसार त्रशित हुने गर्दछ । अबको परमाणु बम त्यो भन्दा कयौ गुणा शक्तिशाली होला त्यो कल्पना नै गर्न सकिदैन । जब अमेरिकाले हिरोसिमामा परमाणु बम प्रहार गर्यो करिव ३३०००० जनसंख्या भएको हिरोसिमा छिनभरमा नै तहसनहस भयो । करिव २०००० सेना र ७००००- १२६००० सर्वसाधारण मारिए ।

    त्यस्तै दोश्रो हमला कोकड़ामा बाक्लो बादलका कारण आक्रमण गर्न नसकेपछि नागासाकीमा आक्रमण गरिएको थियो जुन बम ५०० मिटर माथि नै समय सेटका कारण पड्किएको थियो । जसमा २५०००० जनसंख्या भएको नागासाकीमा करिव १५० सेना र ३९०००- ८०००० सर्वसाधारण मारिए । दुवै घटनामा परि करिव १२९०००-२२६००० हाराहारीमा मानिस मारिए ।

    images
    images
    images

    यो त भयो धेरै बर्ष पहिले भएको युद्ध, अबको संसार ऊ बेलाको जस्तो रहेन,अहिले बिकासको क्रमसंगै प्रबिधि,आर्थिक,सामाजिक र सामरिक शक्ति समेत धेरै बलियो भएका छन् । अब तेस्रो विश्व युद्ध भयो भने  के हुन्छ ?  के अबको युद्धमा पनि परमाणु बमको प्रयोग हुन्छ ? हो प्रत्येकको मनमा यहि प्रश्न उठ्दछ ।

    परमाणु बम प्रयोग भए करिव एक तिहाई ( करिव ३ अर्व ) मानिस मर्ने छन् भने कयौ संरचना ध्वस्त हुनेछन । अहिले बिश्व युद्ध भएमा  संसारमा कयौ अत्याधुनिक हातहतियार र  आणविक हतियार प्रयोग हुनेछन । जसरी पहिले युद्धमा गएका राष्ट्रले आफ्नो सबै ताकत लगाएका थिए, अहिले पनि त्यहि नै गर्ने निश्चित नै छ । तर अल्बर्ट आइनस्टाइनले भने जस्तै तेस्रो विश्वयुद्धमा त भन्न सकिन्न चौथो विश्वयुद्धपछी भने अवश्य ढुंगे युग आउँनेछ ।

    अब के तेस्रो विश्वयुद्ध भयो भने  शक्ति देशहरु एक अर्काका पक्ष विपक्षमा आमने-सामने हुनेमा कुनै शंका छैन् ।आणविक हतियारका यी सपुर पावरहरु बीच युद्ध भयो भने  आणविक हतियार प्रयोग नहोला भन्न सकिन्न । तर यदि युद्धमा आणविक हतियार प्रयोग भयो भने के होला ? हतियार र  सशस्त्र बलको आँकडा हेर्दा अमेरिका पहिलो, रुस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा रहेका  छन् ।

    चीन अमेरिका र रुसभन्दा पछि भएपनि ऊ जुनसुकै बेला दोस्रो स्थानमा र पहिलो स्थानमा  आउन सक्छ । सैन्यशक्तिका आधारमा १३७  देशको सूची रहेको छ । सैन्य हतियारमा पारम्परिक उपकरणहरूलाई मात्र संलग्न गरिएको छ तर  यसमा आणविक हतियार संलग्न गरिएको छैन ।

     
    आणविक हतियार (परमाणु बम) सहित को कति शक्तिशाली

    १.रुस

    आणविक हतियार– ६९१२

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)

    पावर इन्डेक्स – ०.०६३९

    जनसंख्या- १४२१२२७७६

    सेना – ३५८६१२८ अनुमान

    जम्मा एयरक्राफ्ट – ४०७८ ( २ नम्बर १३७ मा )

    फाइटर बिमान – ८६९ ( ३ न. )

    कम्बाट टेंक – २१९३२ ( १ न. )

    रक्षा बजेट - ४ ४४ बिलियन

    rus.jpg

    २. अमेरिका

    आणविक हतियार– ६१७२

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy) 

    पावर इन्डेक्स – ०.०६१५ ( नेटो सदस्य )

    जनसंख्या- ३२९२५६४६५

    सेना – २१४१९०० अनुमान

    जम्मा एयरक्राफ्ट – १३३९८  ( १ नम्बर १३७ मा )

    फाइटर बिमान – २३६२  ( १ न. )

    कम्बाट टेंक – ६२८७  ( ३ न. )

    रक्षा बजेट - $ ७१६  बिलियन

    amerika.jpg

    ३. फ्रान्स

    आणविक हतियार– ३००

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)

    पावर इन्डेक्स – ०.१५८४ ( नेटो सदस्य )

    जनसंख्या- ६७३६४३५७

    सेना – ३८८६३५ अनुमान

    जम्मा एयरक्राफ्ट – १२४८ ( ८ नम्बर १३७ मा )

    फाइटर बिमान – २७३  ( १० न. )

    कम्बाट टेंक – ४०६ ( ४४ न. )

    रक्षा बजेट - $ ४०.५ बिलियन

    france.jpg

    ४. चीन

    आणविक हतियार– २८५

    प्रयोग बिधि - पहिला प्रयोग नगर्ने ( no first used policy)

    पावर इन्डेक्स – ०.०६७३

    जनसंख्या- १३८४६८८९८६

    सेना – २६९३००० अनुमान

    जम्मा एयरक्राफ्ट – ३१६७ ( ३ नम्बर १३७ मा )

    फाइटर बिमान – १२२२ ( २ न. )

    कम्बाट टेंक – १३०५० ( २ न. )

    रक्षा बजेट - $ २२४  बिलियन

    china.jpg

    ५. बेलायत

     आणविक हतियार– २१५

     प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

    पावर इन्डेक्स – ०.१७९७ ( नेटो सदस्य )  

    जनसंख्या- ६५१०५२४६  

    सेना – २३३००० अनुमान

    जम्मा एयरक्राफ्ट – ८११ ( १९  नम्बर १३७ मा )

    फाइटर बिमान – १२९  ( १९ न. )

    कम्बाट टेंक – ३३१  ( ४९ न. )

    रक्षा बजेट - $ ४७.५  बिलियन

    belayat.jpg

    ६. पाकिस्तान

    आणविक हतियार– १६०

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

    पावर इन्डेक्स – ०.२७९८  

    जनसंख्या- २०७८६२५१८

    सेना – १२०४०००  अनुमान

    जम्मा एयरक्राफ्ट – १३४२  ( ७  नम्बर १३७ मा )

    फाइटर बिमान – ३४८  ( ७ न. )

    कम्बाट टेंक – २२००  ( १३ न. )

    रक्षा बजेट - $ ७ बिलियन

    pak.jpg

    ७. भारत

    आणविक हतियार– १४०

    प्रयोग बिधि - पहिला प्रयोग नगर्ने ( no first used policy)

    पावर इन्डेक्स – ०.१०६५

    जनसंख्या- १२९६८३४०४२  

    सेना – ३४६२५०० अनुमान

    जम्मा एयरक्राफ्ट – २०८२  ( ४ नम्बर १३७ मा )

    फाइटर बिमान – ५२०  ( ४ न. )

    कम्बाट टेंक – ४१८४ ( ६ न. )

    रक्षा बजेट - $ ५५.२ बिलियन

    bharat.jpg

    ८. इजरायल

    आणविक हतियार– ८५

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

    पावर इन्डेक्स – ०.२९६४  

    जनसंख्या- ८४२४९०४

    सेना – ६१५०००  अनुमान

    जम्मा एयरक्राफ्ट – ५९३ ( १८ नम्बर १३७ मा )

    फाइटर बिमान – २५३ ( ११ न. )

    कम्बाट टेंक – २७६०  ( ८ न. )

    रक्षा बजेट - $ १९.६  बिलियन

    isrel.jpg

    ९. उत्तर कोरिया

    आणविक हतियार– ३०

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

    पावर इन्डेक्स – ०.३२७४  

    जनसंख्या- २५३८१०८५

    सेना – ११००००  अनुमान

    जम्मा एयरक्राफ्ट – ९४९  ( ११  नम्बर १३७ मा )

    फाइटर बिमान – ४५८  ( ५  न. )

    कम्बाट टेंक – ६०७५  ( ४ न. )

    रक्षा बजेट - $ ७.५  बिलियन

    n koriya.jpg

    १०. इरान

    आणविक हतियार– हालसम्म सार्वजनिक गरेको छैन (परिक्षण मात्र )

    प्रयोग बिधि – सार्वजनिक गरिएको छैन

    पावर इन्डेक्स – ०.२६०६

    जनसंख्या- ८३०२४७४५  

    सेना – ८७३००० अनुमान

    जम्मा एयरक्राफ्ट – ५०९  ( २४ नम्बर १३७ मा )

    फाइटर बिमान – १४२ ( १७ न. )

    कम्बाट टेंक – १६३४  ( १८ न. )

    रक्षा बजेट - $ ६.३ बिलियन

    iran.jpg

    शुक्रवार, आश्विन २ २०७७०५:५८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology