बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

images
  • शनिवार, आश्विन ३ २०७७

  • 1.8K
    SHARES

  • भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ ।

    संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

    images
    images
    images

    उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गरेका छन । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताएका छन । कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताएका छन ।

    प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताएका छन ।

     

    शनिवार, आश्विन ३ २०७७११:४७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology