बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020
  • बिहिवार, कार्तिक ६ २०७७
images

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

images
  • शनिवार, आश्विन ३ २०७७

  • 1.3K
    SHARES

  • कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ११ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिएका छन ।

    संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् ।

    शनिवार, आश्विन ३ २०७७०४:३१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology