बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

असोज १५ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (तालिकासहित)

असोज १५ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (तालिकासहित)

images
  • मंगलवार, आश्विन ६ २०७७

  • 1.8K
    SHARES

  • असोज १५ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (तालिकासहित)

    काठमाडौं । सरकारले दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ । यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्द्यै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिए ।

    अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि सेप्टेम्बरका लागि मात्र उडान तालिका सार्वजनिक भइ अहिले उडान भइरहेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुरअधिकारीका अनुसार सेप्टेम्बरको तुलनामा उडान सख्या थप गरिएको छ ।

    यसबाहेक यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने भएको छ । अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ ।

    १ अक्टोवर (१५ असोज)बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

    दैनिक १३ देखि १५ उडानले अक्टोवरका लागि अनुमति दिइएको छ । थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएका छन् ।

    कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादबाट भने हिमालय एयरलाइन्सले नियमित उडानबाट यात्रु ल्याउने छ ।

    यस्तो छ तालिका

     

    मंगलवार, आश्विन ६ २०७७०२:३१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology