बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा पक्राउ

हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा पक्राउ

images
  • आइतवार, भाद्र ७ २०७७

  • 649
    SHARES

  • हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा पक्राउ

    विराटनगर । प्रहरीले हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा बनिने प्रदीप यादवलाई पक्राउ गरेको छ ।

    भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।

    images
    images

    शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।

    भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ ।

    प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताएका छन ।

    आइतवार, भाद्र ७ २०७७०८:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology