सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

images
  • शनिवार, आश्विन १० २०७७

  • 9.2K
    SHARES

  • यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता हराएको आत्मविश्वास जाग्नेछ । नयाँ सम्बन्ध स्थापित हुनेछ । प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्म तथा समाजसेवामापनि मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन वा स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो साता शुभ कार्यको लागि यात्रा हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुव्ने भय छ अत: सचेत रहनु होला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको दर्शनगरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो सातामा समस्यापूर्ण र बेफाईदाका यात्रा हुनसक्छ । सौन्दर्यतामा धन खर्च होला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा बढी सफलता मिलन सक्छ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यो साता धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ । साताको अन्त्यमा भने आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो साता नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला साथै पुनर्मिलनको योगपनि रहेको छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : यो साता बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक तथा शुभकार्यको लागि यात्राको योग रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा विस्तारै फाइदा हुन थाल्दछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभ समाचार सुन्न पाइएला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफन्त संग भेटघाट हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरणगरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र नयाँ कार्यको योजना बन्नेछ । लामो समयपछि आफन्तसंग भेटाघाटा हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभ कार्य, यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा विशेष सहभागीताको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व पुरुषोत्तम भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : यो हप्ता नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तलारङ्ग वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : यो सातामा शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्र र प्रतिस्पर्धामा सफल भाईनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरणगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : यो सातामा नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । विश्वास पात्रले भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्छ । गाडी चलाउँदा वा यात्रागर्दा सावधानी अपनाउनु नै पर्नेछ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । नयाँ कार्यको योजमा पनि बन्नेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : यो हप्ता कला र गलाको प्रभाव बढ्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । मंगलवारबाट घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    शनिवार, आश्विन १० २०७७०६:२४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology