सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

पौडेल समूहले तयार पारेको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

पौडेल समूहले तयार पारेको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

images
  • आइतवार, आश्विन ११ २०७७

  • 2.0K
    SHARES

  • पौडेल समूहले तयार पारेको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

    काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

    समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ(शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

    विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए ।

    तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका छन् । ‘उहाँले आज विरोध पत्रबारे भन्नुभयो, तर मैले मेरो समूहले केही गर्नुपर्‍यो भने म आफैं भनिहाल्छु नि भनेको छु’ पूर्वमहामन्त्री सिटौलाले भने, ‘रामचन्द्र पौडेल समूहको विरोध पत्रमा मेरो समूहले किन हस्ताक्षर गर्नुपर्‍यो ?’

    मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् ।

    कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उनीसँगै प्रदीप पौडेल, गगन थापा र (आमन्त्रित) शिव हुमागाई छन् । उनीहरु चारै जनाले विरोध पत्रमा हस्ताक्षर गर्ने छैनन् ।

    पौडेल समूहका एक नेताले पनि त्यसलाई स्वीकार गरेका छन । ‘हाम्रो २७ जनाको हस्ताक्षर भइसकेको छ । ३१ बनाउन खोजेका थियौं, सम्भव भएन’ उनले भने ।

    आइतवार, आश्विन ११ २०७७०१:५३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology