बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने

यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने

images
  • मंगलवार, आश्विन १३ २०७७

  • 1.2K
    SHARES

  • यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने

    काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ ।

    खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो ।

    images
    images
    images

    तर, उप्रेतीले प्रश्रितसँग उभिएर आफूले पुरस्कार नलिने घोषणा गरेका थिए । यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने उप्रेतीको भनाइपछि विवाद सिर्जना भएको थियो । त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए ।

    पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन–तीन लाख रुपैयाँ छ ।

    खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री पुरस्कार यस वर्ष कसैलाई पनि नदिइने निर्णय लिइएको जानकारी दिएका छन । पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको बताउँदै लामिछानेले स्रष्टाहरुको आत्मसम्मानमा ठेस लागेकोप्रति क्षमायाचना गरेका छन् ।

    वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

    त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

    दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिन्थ्यो ।

    मंगलवार, आश्विन १३ २०७७११:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology