बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

अभिनेत्रीलाइ आयो ज्यान मार्ने धम्की !

अभिनेत्रीलाइ आयो ज्यान मार्ने धम्की !

images
  • आइतवार, आश्विन १८ २०७७

  • 2.1K
    SHARES

  • अभिनेत्रीलाइ आयो ज्यान मार्ने धम्की !

    बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ,उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं ।

    उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्रिया पाएका छौं ।

    images
    images
    images

    पायलले सोमबार राज्यसभा सदस्य रामदार अठावलेसँग एक पत्रकार सम्मेलन गरेकी थिइन् । त्यहाँ उनले अनुराग कश्यपमाथि आरोप लगाएपछि आफूलाई ज्यानको खतरा भएको बताएकी थिइन् । आज पायल यही विषयमा कुरा गर्न महाराष्ट्रका गभर्नरलाई भेट्न गएकी थिइन् ।

    अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी पायलले पुलिसले यस विषयमा कारवाही अगाडि नबढाएको भन्दै हिजो बर्सोवा पुलिस स्टेशन गएकी थिइन् । उनले पुलिसले कारवाही नगरे अनसन बस्ने चेतावनी पनि दिएकी थिइन् ।

    आइतवार, आश्विन १८ २०७७१०:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology